हास्यव्यंग्यको नाममा जताततै विकृति

- October 7, 2013 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । समाजमा रहेका विकृति विसंगतिलाई केलाई समाजमा जनचेतना फैलाई सभ्य समाज निर्माण गर्नका लागि पर्दा मार्फत सहयोग गर्ने सवल क्षेत्रका रुपमा चलचित्र र टेलिचलचित्रलाई पनि लिइन्छ । अझ ठुला पर्दा भन्दा पनि साना पर्दाका चलचित्रमा धेरै सन्देश हुने गरेका छन । जसकारण हलमा चल्ने चलचित्र भन्दा पनि टेलिचलचित्रहरु हेर्ने दर्शकको बाहुल्यता बढ्ने गरेको छ । प्राय जसो सबैको घरघरमा टेलिभिजन हुने हुँदा विना झण्झट टेलिफिल्म हेर्न पाउने हुनाले चलचित्रका भन्दा टेलिचलचित्रका दर्शक बढि छन् । यसमा पनि समाजमा घट्ने गरेका घटनालाई टेलिचलचित्रमा प्राथामिकता दिईने गरेकोले पनि दर्शकको मनमा छिट्टैनै छाप पर्ने गर्दछ । 
विशेष गरी पछिल्लो समयमा हास्य टेलिचलचित्रका दर्शक निकै बढेका छन् । अधिकांश टेलिभिजनमा हेर्ने हो भने अरु कार्यक्रम भन्दा हास्य टेलिचलचित्र निकै चलेको पाईन्छ र दर्शकहरु पनि धेरै देखिन्छन् । पछिल्लो समयमा नाम नै लिनुपर्दा मदन बहादुर हरि बहादुर , हिजो आजको कुरा, तितो सत्य, जिरे खुर्सानी , मेरीबास्सै ,घरबेटी बा, हर्के हल्दार,तिते करेली र झ्याई कुटी झ्याई लगायतका हास्य टेलिचलचित्रहरु अग्रपंतीमा आउछन् । यि टेलि चलचित्रको अनुसरण गर्दै अन्य धेरै हास्य टेलिचलचित्रहरु निर्माण भई विभिन्न टेलिभिजन मार्फत प्रशारण भईरहेका छन् । तर दर्शकहरुको चाहनाको वहानमा प्रशारण भईरहेका यस्ता टेलिचलचित्र मार्फत नकरात्मक सन्देश जाने किसिमका बिषय बस्तु प्रशारण भइरहेका छन् भन्दा अचम्म लाग्न सक्छ । तर यो सत्य हो । पछिल्लो समयमा चर्चामा रहेका हास्य टेलिचलचित्रहरुले दर्शकलाई प्रत्यक्ष किसिमबाट नकरात्मक शन्देश दिईरहेका छन् । नेपाली संस्कृतिको कुनै वास्ता नगरी वार्तालाभ प्रस्तुत गरिने गरेका छन् । आफ्ना मान्यजनको साथमा बसेर हेर्न पनि लाजमर्दो शव्द र संम्बाद राखि प्रस्तुत गरिने गरेको छ । हास्यव्यंग्य भन्दै आफ्नो व्यक्तिगत मुनाफाका लागि सिंगो समाजलाई नै वेवास्ता गर्दा दर्शकमा नकरात्मक छाप छोडी रहेका छन । नेपाल टेलिभिजन मार्फत प्रसारण हुदै आईरहेका तितो सत्य ,जिरे खुर्सानी ,मेरी वास्सै र झ्याई कुटी झ्याई मात्र होईन अन्य विभिन्न टेलिभिजन मार्फत प्रसारण भइरहेका हास्य मुलक टेलिचलचित्रमा मनमा जे जे आयो त्यही शब्दहरु राख्ने गरेका छन । राम्रो नराम्रो केही नछुट्याइ समावेस भएका त्यस किसिमका संम्वादले समाजमा निकै असर पु¥याउदै गएको छ । संम्वाद मात्र नभइ हसाउने को नाममा राखिएका थेगोले झनै असर पु¥याएको पाइन्छ । मुखमा हान्दिऊ जस्तो, गालामा झ्याम्म,राता मकै,मुलाको साग,दुवा तिक्र्री शब्द प्रयोग भएका यस्ता टेलिसिरियलबाट राम्रो भन्दा पनि बढि नराम्रो छाप समाजमा पर्न गएको छ । यी उच्चारण गरिएका शब्दको अर्थ शब्दकोशमा हेर्ने हो भने अश्लिल शब्दसम्म रहेको पाइन्छ । लाखौं लाख दर्शकहरुले हेर्ने टेलिभिजनहरुमा प्रसारण भएका पछिला समयका अंधिकास हास्य टेलिश्रृखलाले सन्देश वाढ्नुको अलवा विकृती फिजाई राखेका छन । भाषा,शब्द मात्र नभई मान मर्यादाकोसम्म उपहास गरेको छ । टेलिभिजनमा सेन्सरको व्यवस्ता भएपनि विना सेन्सर प्रसारण भइरहेको छ । सेन्सरका कर्मचारीलाई मनाएर सो किसिमका कार्यक्रम सेन्सरमा नकाटी प्रसारण गर्ने गरेका छन । श्रीमतीले श्रीमानलाई गर्ने व्यवहार ,ज्वाँइले ससुरा ,छोराले बाबुलाई गर्ने व्यवहार जस्ता सम्वेदनशील विषयमा दर्शक हसाउने बहानामा जथाभावी शब्द प्रयोग गरी निर्माण भएका हास्य श्रृखलाले सिमा नै नागिसकेको भएता पनि सम्बन्धीत निकाय मौन छ ।
पछिल्लो उधारण नै लिनु पर्दा तितो सत्यको ४१७ र ४१८ भागमा प्रशारित श्रीमाती दिपाले श्रीमान दिपकलाई भनेको संम्वाद ( त्यसलाइ त म भेटुु दुई चप्पल हान्छु । हेरे हेरे तेसलाई बुढेसकालमा बैंस चढेको ) जस्ता संम्वाद सम्प्रेसन भएको थियो भने जिरे खुर्सानी,मेरी बास्सै,झ्याई कुटी झ्याईका कतिपय संम्वाद त यहाँ उल्लेख गर्नसम्म उचित छैनन् । टेलिभिजनबाट प्रसारण भइरहेका हास्य टेलिश्रृखलाका सामाग्रीमा कुनै कुनै घरमा त्यहि पनि असभ्य केही व्यक्तिले वोल्ने संम्वादलाई समावेस गर्न उचित हो ? मिडियाबाट प्रसारण वा प्रकाशिस हुने विषयलाई घर भित्रको व्यक्तिगत मामिला भनौं या झगडालाई हुबहु समाजमा लानु ठिक हो ?घर भित्र श्रीमान श्रीमतीको शारिरीक सम्बन्धको पनि टेलिभिजनमा प्रशारण हुन जरुरी छ ? यदि छैन र हुदैन भने हास्यव्यंग्यको नाममा किन छुट दिइरहेको छ ? सार्वजनीक हुने जुन सुकै विषयमा पनि समाजमा नकारात्मक असर पुग्ने सामाग्री होस् वा कार्यको रोक हुदा हुदै पनि यस्ता किसिमका सामाग्रीलाई किन छुट दिइन्छ ? प्रश्न अनगिन्ती छन ? अर्को तर्फ नेपाली कलाक्षेत्रमा वौद्धिक वर्ग छैनन् भन्ने टिप्पणी भइरहेको अवस्थामा हास्य व्यंग्यको नाममा अश्लिल सहित जथा भावी सस्ता शब्दहरु प्रयोग हुनुले टिप्पणीलाई झनै टेवा थपगरी दिएको छ । असभ्यतर्फ झनै धकेलीरहेको छ । विषेसगरी संम्वादको कुनै ख्याल नगर्ने कलाकार तथा हास्य टेलिश्रृखलामा तितोसत्यका दिपक र दिपा मात्र नभइ मेरी बास्सै,झ्याइकुटी झ्याइ,तितेकरेली,हर्के हलदार लगायतका टेलिश्रृखलाले सभ्यसमाज भन्दा पनि असभ्यसमाज निर्माणतर्फ अग्रसर भएका श्रृखला हेरेपश्चात आभाष हुन्छ । हास्यकलाकार दिपक राज गिरी,दिपा श्री निरौला, कमल गाँउले,निर्मल शर्मा,दमन रुपाखेती,शेखर खनाल,खेम शर्मा, शिवहरी पौडेल,जितु नेपाल ,किरण के सी,केदार घिमिरे,सिताराम कट्टेल,कुन्जना घिमिरे,प्रकास ओझा लगायतका कलाकारहरुको संम्वादहरु हेर्दा लाग्छ कतै सुचनाबाट विमुख दुर्गम जिल्लाका वासिन्दाको अभिव्यतmी भन्दा पनि गए गुज्रेका हन्छन । अझ एन टिभी प्लस मा प्रशारण हुने टेलि श्रृखलाहरु झनै छाडा रहेका छन । जवरजस्ती टेलिभिजनमा अनुहार देखाउन र कलाकार हुन आएका व्यक्तिहरुले पैसा उठाइ मन लागि श्रृखला वनाइ टेलिभिजनमा समय किनेर प्रशारण भएका त्यस किसिमका टेलिश्रृखलाले गर्दा त झन नेपाली टेलिभिजन हेर्ने दर्शकनै विस्तापित भएका छन भन्दा फरक पर्दैन । यतिवेला घरमा केबुलको च्यानल जोडेका अधिकांस दर्शकहरु नेपाली टेलिभिजन हेर्न छोडी विदेशी च्यानल हेर्न तर्फ लागिसकेको पाइन्छ । नेपाली दर्शक नेपाली टेलिभिजनबाट टाढिनुको मुख्य कारण यो पनि हो । त्यस्तै टेलिश्रृंखला मात्र नभइ हास्यकलाकारहरुको चाड गाईजात्रा महोत्सवमा हुने कार्यक्रमको त झन कुरै छोडौं । दर्शक हसाउनेको नाममा जे जे मुखमा आउँछ सोही शब्दहरु बोल्ने गरेका छन । हुदै नभएका काल्पनी घटनाहरुलाई आधार बनाएर छाडा अश्लिल शब्दसहित कविता र कथा बनाएर दर्शक हसाउने गरेका छन । कार्यक्रम भनेर सिंगो परिवार हेर्न गएको अवस्थामा हेर्न सकिने अवस्था हुदैन । हुन त गाईजात्रा कार्यक्रम मात्र नभइ टेलिभिजनबाटै प्रशारण भइरहेका टेलिश्रृखलाहरुसम्म सिंगै परिवार सगै बसेर हेर्न सकिने किसिमको हुदैन । तर हेर्न सकिने पनि छदै छैन भन्ने होइन । मदन कृष्ण श्रेष्ठ र हरिवंश आर्चायका सबै श्रृखलाहरु सबै परिवार सगै वसेर हेर्न लायकका मात्र हुदैनन् कुनै न कुनै विषयलाई मध्यनजर गरी समाजमा सन्देश प्रवाह गरिएका हुन्छन । हास्यव्यंग्यकै माध्यमबाट यी दुई जोडीले स्वदेशमामात्र नभइ विदेशमासम्म करोडौं दर्शक बटुल्न सफल भएका छन । यसबाट पनि अन्य हास्यकलाकारहरुले अनुसरण गर्न सक्नु पर्ने हो । छाडा र अश्लिल शब्द विना पनि दर्शकको माया पाउन सकिन्छ भन्ने कुरा । तर अनुसरण होइन वरु मह जोडीले नै बनाएका विषयलाई चोरी उल्टो र पाल्टो बनाइ विगार्ने गरेको पाइन्छ । यति बेला हातका औंलामा पनि अटाउने हास्यकलाकार छैनन भन्दा फरक फर्दैन । हरिवंश आर्चाय,मदन कृष्ण श्रेष्ठ,मनोज गजुरेल,सन्तोष पन्त,सैलेन्द्र सिंखडा वाहेकका हास्यकलाकारको अपरिपक्क भनौ या अनविज्ञताका कारण सन्देश प्रवाह हुनुको अलवा असभ्यता, विकृती पैदा हुदै गएको छ । यस तर्फ समयमै सम्बन्धीत निकाय र अग्रज हास्यकलाकार, बुद्धिजीवी लगायतको ध्यान नजाने हो भने समाज सुमार्गमा नभइ कुमार्गमा जाने निश्चित छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!