प्राकृतिक प्रकोपप्रति सरकारले नजरअन्दाज गर्दा किसान मर्कामाः गैरसरकारी संस्थाको इसारामा सरकार सञ्चालन

- June 30, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । शनिबार तराई क्षेत्रमा प्रवेश गरेको सलहको एक झुण्ड भड्किएर नेपाल आईपुग्यो । सरकारले सलह नेपाल प्रबेश गर्नु केही दिन अघिमात्र आउदैन भन्दै गैरसरकारी संस्थाहरुले तयार पारेको प्रतिबेदनकै आधारमा सरकार ढुक्क भएर बस्दा सलहले किसानको बाली खाएर नष्ट ग¥यो । कृषि विज्ञहरुले यो किरा हावाको बहावका अनुसार एक ठाउबाट अर्को ठाउँमा जाने झुण्ड भएकाले नेपालमा आईपुगेको सलह किरा सानो भएको समेत बताएका छन् । पानी परिरहेको खण्डमा यो किराबाट खासै अन्नबालीको नोक्सानी नपु¥याउने तर सुख्खा भएमा ठूलो क्षति पु¥याउने अनुमान कृषि विज्ञको रहेको छ । शनिबार तराईका क्षेत्रमा सलह किराको झुण्ड देखापरेको थियो । सो किराको झुण्ड काठमाडौं उपत्यकामा आईतबार आइपुगेको छ । मकवानपुरबाट प्रवेश गरेको सलह ललितपुरका प्युटारलगायत स्थानमा देखिएको थियो । मनसुनको बेला भएकाले पानी परिरहेको र सलहको झुन्डसमेत सानो भएकाले नआत्तिन विज्ञहरूले किसानहरूलाई सुझाएका छन् । कृषि विज्ञ डा कृष्ण पौडेलले नेपालमा आईपुगेको सलह एक सानो झुण्ड भएको र सुख्खा मौसम हुन गयो भने त्यसबाट नोक्सानी पुग्ने तर पानी परेको खण्डमा यो झुण्ड निस्कृय हुने समेत बताए ।
कृषि विज्ञ पौडेलले नेपालमा वर्षदको समय सुरु भएकाले सो किरा नेपाल नआउने अनुमानमा सो प्रतिबेदन बनाएर बुझाएको हुनसक्ने बताए । उनले खाद्य संकट नहोस भन्ने साबधानी अपनाएको भएपनि सरकारले उत्ताउलो बन्नु नहुने र सरकारले पनि अनुमानको भरमा तयार पारेको प्रतिबेदनलाई स्वीकार गर्नु नहुने पौडेलेले बताएका छन् । दक्षिणबाट उत्तरतिर हावा बहँदा नेपालमा सलहको प्रवेश गरेको विज्ञले बताएका छन् । नेपालमा सलहले पार्न सक्ने प्रभाव र रोकथामबारे कृर्षिमन्त्री घनश्याम भुसालले आइतबार विज्ञहरुसँगको छलफल समेत गरेका छन् । मन्त्री भुसालले हालसम्म नेपालमा देखिएको सलह किराको बथान सानो रहेको र यसले धेरै क्षति नपु¥याएको भन्दै किसानहरुलाई नआत्तिन समेत आग्रह गरेका छन् ।

मन्त्री भुसालले सलह किरा कुन–कुन स्थानमा देखिएको छ भनेर किसानहरुबाट जानकारी लिन हटलाइनको व्यवस्था गरेर किसानहरुले सलह किराबारे जानकारी दिन सक्ने व्यवस्था समेत मिलाउन निर्देशन दिएका छन् । मन्त्री भुसालले कृषि मन्त्रालयले गृह र विपद व्यवस्थापन समितिसँग सम्बन्धित समितिसँग समन्वय गरेर सलहलाई नियन्त्रण गर्ने जनाएका छन् । गृह र विपदसँग समन्वय गरी सलह नियन्त्रण गर्न विषादी छर्किनुपर्ने भए ड्रोन, ट्यांकर लगायतको व्यवस्था गरिने मन्त्री भुसालले बताए । मन्त्रालयले सलह नियन्त्रणका लागि खर्चको व्यवस्थापन गर्ने जिम्मा कृषि मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीलाई दिइएको छ । सलह नियन्त्रण गर्न संघले प्रदेशलाई विषादी, औजार उपलब्ध गराउने समेत भएको छ । प्रदेशले बढी झुन्ड देखिएको ठाउमा दमकल, ड्रोनको प्रयोग लगायत खोजी गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

 

तीव्र अपडेट