राहत वितरणमा अनियमितता भएको भन्दै झडप : एक प्रहरीसहित दर्जन बढी घाइते

- April 5, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

दुहबीमा भएको झडप। तस्बिर : अन्‍नपूर्ण

इटहरी : राहत वितरणमा अनियमितता गरेको भन्दै सुनसरीको दुहबीमा दुई समूहबीच झडप भएको छ । दुहवी ९ छातावलीमा दुई पक्षबीच भएको झडपमा एक प्रहरीसहित झन्डै एक दर्जन  युवा घाइते भएको दुहबी प्रहरीले जानकारी दिएको छ । प्रहरी जवान अनिल यादव घाइते छन् ।

इलाका प्रहरी कार्यलय दुहबीका इन्पेक्टर प्रबिण कार्कीकाअनुसार घाइतेको अवस्था सामान्य छ भने स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । दुई पक्षबीच यसअघि पनि पटकपटक झगडा हुने गरेको कार्कीले बताए ।

राहत वितरणमा वडाध्यक्षलगायतले अनियमितता गरेको भन्दै एक स्थानीय युवाले फेसबुकमा लेखेका थिए । सोही विषयमा छलफल गर्न भेला भएको बेलामा दुई पक्षबीच झडप भएको हो ।  वडाले राहत वितरण आइतबारबाट सुरु गरेको थियो । यता दुहबी ९ का वडाअध्यक्ष मेहदी हुसैनले राजनीतिक पूर्वाग्राहका कारण आरोप लगाएको र छलफलको क्रममा झडप भएको बताए । -हिमाल दाहाल, अन्‍नपूर्णबाट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!