ग्रील तथा स्टील व्यवसायीले पनि अत्यतै जरुरी बाहेक अन्य काम बन्द

- March 23, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । अति नै जरुरी काम बाहेकका अन्य काम नगर्न, नगराउन ग्रील तथा स्टील व्यवसायी महासंघले सबै सदस्यहरुलाईनिर्देशन दिएको छ । ग्रील तथा स्टील उद्योग व्यवसायी महासंघको मातहतका जिल्ला संघ, क्षेत्रिय समिति र ईकाई समितिले गर्दै आएको सभा, सम्मेलन, गोष्ठी, तालिम, भेला लगायतका कार्यक्रमहरु सरकारले अर्को सूचना जारी नगर्ने समयसम्म स्थगित गर्न अध्यक्ष मोहन कटुवालले निर्देशन दिएका छन् ।  महामारीको रुपमा फैलिएको कोरोनाबाट बच्नका लागि उद्योगी, व्यवसायी, कर्मचारी, आश्रित परिवार एवंम छरछिमेकीहरुमा सुरक्षित तरिकाले सचेतना कार्यक्रम गर्न गराउन महासंघले सक्दो प्रयास पर्ने अध्यक्ष कटुवालले जानकारी दिएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!