भिलेनको भिडमा अन्सारी

- March 13, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

 काठमाडौं । चलचित्रमा खुङ्खार पात्रका रुपमा देखा पर्ने भएपनि उनि अरुभन्दा फरक हाँस्य खलपात्रका रुपमा चिनिन चाहन्छन् । अभिनयको कुरा गर्नु पर्दा कुनै पनि भूमिकालाई सहजताका साथ निर्वाह गर्न आफु तयार रहेको बताउँने उनि सम्पुर्ण कलाकर्मीको सकारात्मक सोंचले नै चलचित्र उद्योगको बिकास हुने बिश्वास राख्छन् । उनि हुन् हेन्सम मामाको नामले परिचित सागर अन्सारी ।
अन्सारीले यति धेरै मायाँ, ग्याङ लिडर, कालापानी, यस्तो पनि हुन्छ र मायाँ, तिम्रो मेरो प्रेम कहानी लगायतका चलचित्रमा खलपात्रको रुपमा काम गरिसकेका छन् । नेपाली सिने क्षेत्रमा खुँखार खलपात्रको रुपमा आफुलाई स्थापित गराउँने ठूलो सपना बोकेर यस क्षेत्रमा लागेका सागर अन्सारी यतिबेला गोरखा बजारमा आफ्नै ब्यवसाय गरेर बसिरहेका छन् । पुरानाखलपात्रहरु बिस्तारै बिस्थापित भैरहेको अवस्थामा सागर अन्सारी अभिनित पछिल्लो चलचित्र ‘काले’ चाडै नै प्रदर्शनमा आउँने भएको छ । चलचित्रमा डरलाग्दो भूमिकामा देखिएता पनि उनि वास्तबिक जीवनमा भने मिलनसार ब्यक्तित्वका रुपमा चिनिन्छन् ।

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!