ठगीको आरोप लागेका ग्रेटर नेपालका अध्यक्ष फणीन्द्र विना अनुसन्धान विदेश भ्रमणमा….

- March 13, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

क्राइम व्यूरो

काठमाडौं । नेपालको भुभाग विदेशी मुलुकले अतिक्रमण गरेको र सो जग्गा फिर्ता ल्याउने अभियानमा लागेका र गैरसरकारी संस्थामार्फत अबैधधन्दा चलाउदै आएका केही व्यक्ति अहिले विदेश भ्रमणमा रहेको पाईएको छ । आफूलाई राष्ट्रबादी र समाजसेवी भएको भन्दै ग्रेटर नेपाल नामक संस्था मार्फत अभियान चलाउदै आएका फणीन्द्र नेपाल नाम गरेका व्यक्ति अहिले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सभामा जेनेभा पुगेको पाईएको छ । संयुक्त राष्ट्रसंघको निमन्त्रणामा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४३ औँ सत्रमा गैरसरकारी प्रतिनिधिका रूपमा सहभागी हुन जेनेभा आइपुगेको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेसंगै देशमा नक्कली बैंक चेक दिएर ठगीधन्दामा खोजी भएका व्यक्ती कसरी जेनेभा पुगे भन्ने विषयमा चर्चा चलेको छ ।

विभिन्न शिर्षक उपशिर्षकमा ठगी धन्दा चलाउदै आएको आरोप नेपालमाथी लाग्दै छ । भारतको चर्को विरोध गर्दै आएका नेपाल चीनसंग भने मौन बसेका छन् । चिनले लिपुलेकमा नेपाली भुभाग मिचेको विषयमा भने कुनै आवाज उठाएका छैनन । उनी चिनबाट परिचालन गरिएका ऐजेन्ट भएको उनी निकट एक सदस्यले बताएका छन । उनी आर्थिक संकलनमा विभिन्न नाममा रकम संकलन गर्ने र पैसाकालागि उनी जुनसुुकै हतकण्डा पनि अपनाउन तयार हुने समेत ग्रेटर नेपालकै एक सदस्यले नाम गोप्य राख्ने सर्तमा बताए । ती सदस्यले भने,‘आन्दोलनका लागि सदस्यहरु र अन्य व्यक्तिालाई जम्मा गर्न निर्देशन दिने र फाईदा हुने विषयमा र विदेश भ्रमणमा भने सधै उनी (अध्यक्ष नेपाल) आफै मात्र जाने गरेका छन्, उनले पैसाकालागि जो संगपनि गलत सम्बन्ध जोड्न तयार हुने व्यक्ती हुन ।’

फणिन्द्र नेपालबाट पीडित बनेका राजधानीको चाबहिल निवासी नरेश न्यौपाने ठगीएको प्रमाण बोकेर सम्बन्धित सरकारी निकाय धाउदै आएपनि नेपाल भने विना रोकतोक विदेश भ्रमणमा रहेका छन । उनी फणीन्द्र नेपालले चलाएको विद्यालयका घरबेटी हुन । न्यौपाने भने आफूलाई घर बहालमा बस्ने फणीन्द्र नेपालले ठगी ग¥यो भन्दै सरकारी निकायमा उजुरी समेत दर्ता गराएपनि उनीमाथी कुनै कारबाही नभएको दुखेसो गर्दै आएका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर ७ चाबहिल गणेस्थानबाट धोबिखोलातर्फ बायाँतर्फ साँढे २ तलाको चाइनिज इँट्टा लगाएको घरमा फणीन्द्र नेपालले विद्यालय सञ्चालन गर्दै आएका छन् । उक्त विद्यालयको भाडा लामो समयदेखि नदिएपछि न्यौपानेले महानगरपालिकामा समेत उजुरी दर्ता गराएको बताए । उनले वडादेखि महानगरपालिकाले घर खाली गर्नु भन्दा समेत अटेरीपूर्वक कब्जा गरेर बसिरहेको आरोप लगाएका छन् । डेढ रोपनी क्षेत्रफलमा फैलिएको उक्त घर न्यौपानेको पैतृक सम्पत्ति भएको बताएका छन् । यो घरमा ग्रेटर नेपालका अभियन्ता नेपालले इडेन पब्लिक नामको नीजि बोडिङ स्कुल सञ्चालन गरेका छन । न्यौपानेले आफ्नो घर २०५४ सालमा श्यामकृष्ण क्षेत्रीलाई विद्यालय सञ्चालनका लागि भाडामा दिएका थिए । नेपाल र क्षेत्रीको साझेदारीमा इडेन पब्लिक स्कुल सञ्चालनमा रहेको बताइएको छ । उनीहरुबीच साझेदारीमा विवाद भएपछि क्षेत्रीले विद्यालय छाडेका छन् । २०६७ साउन १ न्यौपानेको घर भाडा सम्झौता भएको उनले बताएका छन् । सम्झौताको साक्षीमा उनै फणीन्द्र नेपाल बसेका थिए । सम्झौताको म्याद सकिएपछि २०७२ सालमा घरधनी न्यौपानेले घर खाली गरिदिन इडेन पब्लिक स्कुललाई आग्रह गरे तर विद्यालय सञ्चालकहरुले भाडा बढाएर (१ लाख ५० हजार) मासिक भाडा दिन्छु भनेपछि उनले फेरि एक वर्षका लागि घर भाडामा दिएका थिए ।

यो पनि अध्ययन गर्नु भयो ?

ग्रेटर नेपालको नाममा फणीन्द्रको ठगी धन्दा


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!