छैटौं राष्ट्रिय ब्ल्याक बेल्ट मास्टर्स मिट हेटौंडामा हुँदै

- February 21, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल सितोरियो कराते संघको अायोजनामा बागमती प्रदेशको राजधानी हेटौडामा छैटौं राष्ट्रिय ब्ल्याक-बेल्ट मास्टर्स मिट  (१० फागुन ) देखि शुरु हुने भएको छ । मुलुक भरिका सातै प्रदेश,७७ वटै जिल्लाका सितोरियो करातेका सम्पुर्ण सिनियर गुरुहरुको सहभागिता रहने उक्त मास्टर्स मिटमा सितोरियो कराते सम्बन्धि बिगत र बर्तमानको समीक्षा गर्दै,भबिष्यमा कसरी अघि बढ्ने भन्ने सन्दर्भमा छलफल समेत गरिने राष्ट्रिय खेलकुद परिषदका सदस्य समेत रहेका नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङ्गले बताउनुभयो ।
उक्त भेलामा सहभागि हुने सम्पूर्ण गुरुहरुलाई कराते सम्बन्धि परिवर्तित नयाँ नियम बारे प्रशिक्षण सितोरियो करातेका प्रमुख प्रशिक्षक महेश कुमार श्रेष्ठले गराउनुहुने नेपाल सितोरियो कराते संघका महासचिव देव कुमार लामाले बताउनुभयो । उक्त भेलालाई ब्यबस्थित,मर्यादित गरि सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि मुल अायोजक कमिटि र विभिन्न उप कमिटि समेत गठन गरेको छ ।
मुल अायोजक कमिटीको संयोजकमा नेपाल सितोरियो कराते संघका महासचिव देव कुमार लामा,समारोह ब्यबस्थापन कमिटिको संयोजकमा नेपाल सितोरियो कराते संघका उपाध्यक्ष मजिन्द्र सिंह, प्रशिक्षक प्रशिक्षण संयोजकमा नेपाल सितोरियो करातेका प्रमुख प्रशिक्षक महेश कुमार श्रेष्ठ, अनुशासन तथा समन्वयन एबम सहजिकरण संयोजकमा ब्ल्याक-बेल्ट प्रशिक्षक कमिटिका अध्यक्ष नारायण देव राणा र प्रचार-प्रसार कमिटिको संयोजकमा नेपाल सितोरियो कराते संघका सचिव तथा प्रवक्ता गजेन्द्र बहादुर खपाङ्गी , स्वयम् सेवक परिचालन समितिको संयोजकमा नेपाल सितोरियो कराते संघका सदस्य राम कुमार थारु लाई चयन गरेको छ । एक दिवशिय कार्यक्रममा करिव एक हजार गुरुहरु सहभागी हुने उक्त मास्टर्स-मिटको वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामेश्वर फुयाँलले एक विशेष कार्यक्रम बिच उदघाटन गर्न गईरहेको नेपाल सितोरियो कराते संघका सचिव तथा प्रवक्ता गजेन्द्र बहादुर खपाङ्गीले बताउनभयो ।

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

तीव्र अपडेट