बुढा सुब्बामा अजयको ‘वा क्या मजा’

- February 18, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

अजय पुजारी निर्देशक

चर्चित युवा निर्देशक अजय पुजारीद्वारा निर्देशित टेलिश्रृखला ‘वा क्या मजा’को बुढा सुब्वा म्यूजिकबाट प्रसारण भइरहेको छ । यसको सह निर्देशकमा शशिशेखर बुढाथोकी रहनु भएको छ भने कलाकारहरूमा अजय पुजारी, नेहा देउला, वासु महर्जन, विनिसा भुजेल, रोसन लोहनी रहेका छन् । यो टेलिश्रृखलाको पहिलो र दोस्रो भाग प्रसारण भइसकेको र तेस्रो भाग प्रसारणको क्रममा रहेको छ ।

निर्देशक पुजारीकै निर्देशनमा टेलिश्रृखला ‘फुच्चे हुन’को हुनको छायाँकनको अन्तिम चरणको तयारी भइरहेको छ । निर्देशक पुजारीले विभिन्न आधा दर्जन भन्दा बढी फिल्म तथा गीतहरूमा निर्देशन तथा अभिनय गरि सकेका छन् । अजयले यस क्षेत्रमा लागेको १५ वर्ष भएको छ । ‘उनी भन्छन– म यो क्षेत्रमा लागेर सन्तुष्ट छु ।’ अजयको निकट भविष्यैमै फिचर फिल्म बनाउने योजना छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!