राज्यकै नीति नियमका कारण व्यवसाय गर्न कठिन : अध्यक्ष कटुवाल

- January 20, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । सरकारले पछिल्लो समयमा जारी गरेको नीति नियम तथा ऐनका कारण देशमा उद्योग व्यवसाय गर्न कठिन भएको ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले बताएका छन् । उनले अहिलेको अवस्थामा राज्यको नीति–नियम पालना गरेर व्यवसाय गर्ने अवस्था नरहेको बताएका हुन । ग्रिल तथा स्टिल व्यवसायी संघ, काठमाडौंको छैटौं वार्षिक साधारण सभामा ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष कटुवालले अहिलेकै अवस्थामा रहेर काम गर्ने हो भने सरकारका नीति नियम पालना गर्न नसक्ने बताएका छन् । उनले साना लघु घरेलु उद्योगका रूपमा रहेका ग्रील तथा स्टिल व्यवसायीहरूले सरकारका नीति नियमको पालना गर्ने हो भने व्यवस्थापनमा समस्या हुने तथा पूँजीको अभाव हुने बताए ।
उनले यो व्यवसायलाई प्रतिस्पर्धी बनाउन प्रविधिको प्रयोग आवश्यक रहेको र सरकारले त्यसमा अनुदान दिनुपर्ने बताए । प्रविधिमा सरकारले अनुदान दिएमा उत्पादन बढ्ने र उत्पादन बढेपछि आम्दानी बढ्ने भएकाले श्रमिकलाई सेवा सुविधा बढाउन र सरकारका नीति पालना गर्न सकिने बताए । अध्यक्ष कटुवालले व्यवसायीहरू जिम्मेवार बनेर प्रविधिको प्रयोग बढाई आफ्नो व्यवसाय मर्यादित बनाउन समेत आग्रह गरेका छन् । उनले प्रविधिमा अनुदान दिन महासंघले सरकारसँग प्रस्ताव लगेको जानकारी समेत दिए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!