सिन्धुपाल्चोकको सुनकोशीमा बस दुर्घटनाः मृतकको संख्या १४ भन्दाबढी (सनाखत र घाइतेको नामावली)

- December 15, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित ६ किलोमा कालिञ्चोक मन्दिर दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको बसदुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ भन्दाबढीको निधन भएको छ । १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीका अनुसार उपचारको क्रममा थप २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा ८ जना महिला, ३ जना पुरुष, एकजना बालिका र दुईजना बालक रहेका छन् । आइतबार बिहान ८ः३० बजे बा २ ख ४४६८ नम्बरको बस सडकबाट ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।  उक्त बस रिजर्भ गरेर कालिन्चोक मन्दिर दर्शन गरेर फर्किएको थियो । दुर्घटनामा दर्जनभन्दा बढी घाइते भएका छन् । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

सनाखत भएका मृतकको नामावलीः
१. सुक बहादुर तामाङ, वर्ष २८, ठेगानाः सिन्धुपाल्चोक जिल्ला जुगल गा.पा.–७
२. सविना तामाङ, वर्ष ७, ठेगानाः सिन्धुपाल्चोक जिल्ला जुगल–७
३. जुनुमाया तामाङ, वर्ष३७, ठेगानाः दोलखा जिल्ला भिमेश्वर न.पा.–९
४. मन्जु तामाङ, वर्ष २८, ठेगानाः दोलखा जिल्ला भिमेश्वर न.पा.
५. महेश तामाङ वर्ष २८\२९, ठेगानाः रामेछाप जिल्ला, उमाकुण्ड गा.पा ५
घाइतेको नामावलीः
१. गंगामाया तामाङ, ठेगानाः सिन्धुपाल्चोक जिल्ला जुगल गा.पा.–७, हेम्स हस्पिटल
२. गंगामाया तामाङको छोरी आयुषा तामाङ
३. धनकाजी तमाङ, ठेगानाः सिन्धुपाल्चोक जिल्ला जुगल गा.पा.–७, हेम्स हस्पिटल
४.रजिता तामाङ, ठेगानाः सिन्धुपाल्चोक जिल्ला जुगल गा.पा.–७, हेम्स हस्पिटल
५. हरिमाया तामाङ, ठेगानाः सिन्धुपाल्चोक जिल्ला जुगल गा.पा.–७, हेम्स हस्पिटल
६. दोर्जे तामाङ, ठेगानाः सिन्धुपाल्चोक जिल्ला जुगल गा.पा.–७, हेम्स हस्पिटल
७. सागर तामाङ, ठेगानाः सिन्धुपाल्चोक जिल्ला जुगल गा.पा.–७, हेम्स हस्पिटल
८. दिपक तामाङ, ठेगानाः सिन्धुपाल्चोक जिल्ला जुगल गा.पा.–७, हेम्स हस्पिटल
९. नैना तामाङ, ठेगानाः सिन्धुपाल्चोक जिल्ला जुगल गा.पा.–७, हेम्स हस्पिटल
१०. मिठु ढकाल(गम्भीर), भक्तपुुर जिल्ला सुर्यविनायक बस्ने,धुलीखेल अस्पतालमा उपचार हुँदै
११.रामसिँह तामाङ(गम्भीर), ठेगाना नखुलेको, धुलीखेलमा उपचार हुदै
१२.कीनु बस्नेत(गम्भीर) भक्तपुर जिल्ला सुर्यविनायक–८, धुुलीखेलबाट KMC रिफर
१३. आषिका तामाङ (गम्भीर) सिन्धुपाल्चोक जिल्ला बलेफी गा.पा. ३, धुलीखेलबाट KMC रिफर
१४. जगबहादुर तामाङ, ठेगाना नखुलेको
१५. आइष तामाङ, ठेगाना नखुलेको
१६. शंकर तामाङ , ठेगाना नखुलेको
१७. सागर के.सी., भक्तपुर जिल्ला
१८. अन्जना तामाङ, ठेगाना नखेलेको
१९. गिप्लप तामाङ, (गम्भीर), दोलखा जिल्ला शैलुङ गा.पा., हेम्स रिफर
२०.नाम नखुलेकी ४\५ महिनाकी बालीका


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!