चेलीबेटी तस्करी धन्दाको डरलाग्दो खुलासा : ठाउँ ठाउँमा विचल्ली, संलग्न गिरोहको पर्दाफास

- December 10, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

-मनोज खतिवडा

आसाम, भारत । नेपाली चेलिबेटीहरु नक्कली कागजात र नक्कली अध्यागमन स्ट्याम्पिंगको भरमा खाडी मुलुकमा तस्करी हुँदै आएका छन् । नेपालबाट भारत, म्यानमार, श्रीलंका हुँदै विभिन्न खाडी मुलुकहरुमा चेलीबेटी बेचबिखन तथा ओसार पसार हुने गरेको खुलासा भएको हो । यतिबेला दुई दर्जन चेलीबेटीहरु नक्कली कागजातको भरमा म्यानपार पुगेर बिचल्लीमा परेको बताइएको छ ।

चेलीबेटी बेचबिखन तथा तस्करी धन्दामा संलग्न गिरोहहरुले चेलीबेटीहरुलाई भूमार्गबाट नै बढी जस्तो तस्करी गर्ने गरेको बताइन्छ भारतको आसाम हुँदै, म्यानमार, श्रीलंकाको बाटो हुँदै दुबई, साउदी कटार, बहरायन, अफगानिस्थानलगायतका विभिन्न मुलुकमा विक्री गर्ने गरेको बताइएको छ ।

विभिन्न खाडी मुलुकमा तस्करी गर्न लगिएका चेलिबेटीहरु यतिबेला विभिन्न स्थानमा लग्दै थुपार्ने काम सो गिरोहले गर्दै आएको बताइएको छ म्यानमारमा १० जान श्रीलंकामा २५ जना आसामको गुहावटीमा १ सय ५० जना डिमापुरमा २५ जना चेलीबेटीहरु दलालहरुले तस्करी गर्नको लागि थुपारेको स्रोतले उल्लेख गरेको छ । अनुमानित तथ्यांक अनुसार यसरी तस्करी हुँदै गरेका चेलीबेटीहरुको संख्या बढ्दै छ ।

नेपालको विभिन्न माध्यम र विभिन्न नाका हुँदै दैनिक रुपमा सयौं चेलिबेटीहरु नेपालबाट विभिन्न मुलुकमा तस्करी हुँदै आएका छन् । आम मानिसलाई आर्थिक समस्याले गाँजेसंगै बैदेशिक रोजगारमा जान चाहने चेलिबेटी हुन वा विभिन्न प्रलोभन देखाउँदै लगिएका चेलिबेटीहरु हुन उनीहरु यस्ता तस्करी गिरोहको फन्दामा पर्दै आएको बताइन्छ ।

चेलीबेटी बेचबिखत तथा ओसार पसार नियन्त्रणमा जस्तोसुकै प्रयास गरिँदै आएको भएतापनि चेलीबेटी तस्करी धन्दा यतिबेला झन मौलाएकौ छ । तस्करी गिरोहको संजाल यतिबेला देशको कुनाकाप्चादेखि सिंहदरबार हुँदै आफ्नो संजाल विश्वभर फैलाउन सफल भएको छ ।

को को हुन त तस्करी धन्दामा संलग्न
स्रोतका अनुसार नेपालको हरेक क्षेत्रमा आफ्नो संजाल विस्तार गरेको सो गिरोहले नेपालका चर्चित कलाकार, कन्शल्टेन्सी, मेनपावर, डान्सबार, दोहोरी, डिस्को, लगायतमा आफ्नो संजाल बिस्तार गर्दै यसरी खुलेआम नेपाली चेलिबेटीहरुलाई विभिन्न मुलुकमा तस्करी गर्दै विक्री वितरण गर्न सक्रिय रहेको स्रोतको दावी छ ।

यसरी चेलिबेटी तस्करी धन्दामा संलग्नमा गिरोहहरुमा सुरेश श्रेष्ठ मुख्य गिरोह रहेका छन् भने पदम सोमाई र रमेशबहादुर खत्री म्यानमारबाट संजाल सम्हाल्ने काम गर्दै आएका छन् । यो गिरोहमा संलग्न अन्य व्यक्तिहरुमा ललित कार्की, सुबास अग्रवाल, भक्त दमाई, पुर्णप्रसाद पौडेल, सविन छेरी, पन्च लामा, गणेश कटुवाल, नविन सुबेदी लगायतको व्यक्तिहरु संलग्न रहेको आरोप स्रोतले लगाएको छ ।

यतिबेला चेलीबेटी तस्करी धन्दाको भयावह अवस्था रहेको छ भने गिरोहहरुले भारतको आसाम, म्यानमार, श्रीलंका लगायतका देशका विभिन्नस्थानमा लगभग ३ सयको हाराहारीमा चेलीबेटी लुकाई राखेको बताइएको छ । यसरी विभिन्न स्थानमा लुकाई राखिएको चेलीबेटीहरुको उद्धारको निम्ति विभिन्न पहल गरिदिन भन्दै स्रोतले तीव्रखबर प्रतिनिधीलाई आग्रह गरेका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!