खुलेआम अवैध सामाग्री बिक्री गर्दे दराज

- November 29, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं ।  दराज अनलाइन सपिङ्ग नामक कम्पनीले बिक्री गर्ने समानहरुबाट आम उपभोक्ता ठगी हुने गरेको खुलासा भएको छ चाइनाका कमसल सामानहरुलाई विभिन्न बहानामा महंगोमा बिक्री गर्न सो कम्पनी सक्रिय रहेको बताईएको छ । रोग निको हुने बहानामा विक्री गर्ने गरिएको ब्रासलेट होस् वा धनलक्ष्मी यन्त्र यी सामाग्रीहरुबाट आम उपभोक्ताहरु ठगीमा परेको बताइन्छ । यसअधि पनि प्रहरीले खुलेआम धनलक्ष्मी यन्त्र विक्री गरेको अभियोगमा एक समुहलाई प्रहरीले कारवाही गरिसकेको भएतापनि उक्त यन्त्र यतिबेला दराजले विक्री गर्दै उपभोक्ता ठगी रहेको बताइएको छ । साथै दराजले सामान बिक्री गर्ने अनुमतिनै नलिई बिक्री गर्दै आएका छ ।

सरकारी अनुमति बिनानै अत्याधिक मंहगोमा सामान बिक्री गर्दै आउदै गर्दापनि कुनै अनुसन्धान समेत नगरी मौन बस्दै आएको छ । सो संस्थाले प्रचलित दररेटभन्दा ८० प्रतिशत बढी मुल्यमा बिक्री गरि उपभोक्तामाथी ठगी गर्दै आएको छ।  बढ्दो सूचना  र प्रविधिको प्रयोग गरि केही संस्थाले अनलाईन सपिङ्गको नाममा ठगीधन्दा चलाउदै आएको पाईएको छ।अन्य विकसित मुलुकहरुको प्रविधिको सिको गर्ने चासो र रहरलाई सदुपयोग गर्दै केहि व्यक्तिहरु संगठित रुपमा नयाँ प्रविधिलाई ‘ठगी खाने भाँडो’ को रूपमा प्नयोग गरेका छन्इ । यसैक्रममा हेको भेटिएको छ ।

‘दराज’ को अनलाइन सपिङको नाममा संगठित व्यक्तिहरुले अहिले ‘अनलाइन’ व्यापारको नाममा उपभोक्तालाई ठगी गर्दै आएको गुनासो दैनिक तीब्रखवर डटकममा आउनेक्रममा बृद्वि हुँदै गएको छ । सो अनलाइन सपिङको जायण्ट अलिबाबाको दक्षिण एशिया संस्करण दराजले ११।११ अर्थात् नोभेम्बर ११ लाई आफ्नो ‘सेल डे’ मनाउने भनेर सामाजिक सञ्जालदेखि मिडियाबाट ठूलै प्रचारबाजी गरेर शहरिया उपभोक्ताहरुको ध्यान आफूतिर खिच्दै आएको छ ।

भारी रूपमा  डिस्काउन्ट दिने भन्दै ‘मेगा डिल’ को प्रचारसहित करोेडौैभन्दा बढी सामानको लिस्ट रहेको भन्दै प्रचार–प्रसार गर्दैै आएको   छ। नोभेम्बर ११ मा भारी छुटको नाममा मंगलबार राजधानीमा पत्रकार सम्मेलन समेत गरेको छ । करोडौ रूपैयाँको सामान बिक्री गर्ने तर सरकारलाई बुझाउनु पर्ने मुल्यअभिबृद्वि कर ९भ्याट० र आयकर समेत छली गर्दै आएको छ । कर र भ्याट छलि गर्दै आफ्नो मुल्यमा सामान बेच्दै आएको  दराजले जसरी हेभी डिस्काउन्टको प्रलोभन देखायो, त्यो केवल झुट मात्रै भएको यसका उपभोक्ताहरु बताउँछन् ।

अहिले अनलाइन सपिङ र भारी छुटको नाममा ‘दराज’ ले उपभोक्तालाई ठग्ने काम भइरहेको कुरा सामाजिक सञ्जालहरुमा देख्न सकिन्छ । दराजले आफ्नो आक्रामक प्रचार शैलीमार्फत उपभोक्तालाई विभिन्न वहानामा ठगी गर्ने गरेको खुल्न आएको छ । दराजबाट सेवा लिएकाहरु आफू पहिलोपल्ट नै ठगीमा परेको गुनासो गरेका छन् ।

दराजले मेगा सेलमा राखेको पाइडुको यो लेडिज वाचको मूल्य दराजमै दुई तीन वटा राखिएको छ । दराज लगायत अन्य सपिङ्ग अनलाइनले देखाउने सामान र डेलिभर गर्ने सामानमा फरक रहेको समेत गुनासो गरेका छन् । सय प्रतिसत सुुती कपडा भनिएपनि डेलिभर गर्नेबेला पोलिथिन मिसिएको कपडा दिने गरेको आरोप लागेको छ । सो सम्बन्धमा दराजमा पटकपटक आधिकारिक व्यक्तिसंग सम्पर्क गर्दा कोही पनि सम्पर्कमा आएन्न । सो ठगी सम्बन्धि थप विवरण आउनेक्रम जारी रहेको छ ।

यो पनि पढ्नु भयो ?

दराज सपिङ अनलाईन करको दायरा बाहिर : दैनिक १ करोडभन्दाबढीको कारोबार/भ्याट छली


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!