मिसेस इन्टरनेसनलमा नेपालमा उपाधि

- November 20, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, ०४ मङि्सर  । विवाहित महिलाबीच सिंगापुरमा सम्पन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस इन्टरनेसनल–२०१९’मा नेपालको तर्फबाट प्रतिनिधित्व गरेका दुई सहभागीले उप–उपाधि चुमेका छन्।

सिंगापुरको आर्किड कन्ट्री क्लबमा आयोजित मिसेस इन्टरनेसलमा यस वर्ष रिबन इन्टरटेनमेन्टद्वारा केहीअघि राजधानीमा आयोजित मिसेस नेपाल इन्टरनेसनल २०१९ की सेकेन्ड रनरअप स्नेहा राउत थापाले नेपालको प्रतिनिधित्व गरेकी थिइन्। मिसेस इन्टरनेसनल २०१९ की विजेता भाविषा कोइराला चटौतको सवारी दुर्घटनामा परी खुट्टाको मासु च्यातिएकाले यस वर्ष उनी यो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नसक्ने भएपछि रिबन इन्टरटेनमेन्टले सेकेन्ड रनरअप स्नेहालाई नेपालबाट सहभागी गराएको हो।

दक्ष इन्टरटेनमेन्टद्वारा आयोजित मिसेस ब्युटिफुल नेपाल २०१८ की विजेता संगीता न्यौपानेलाई सो प्रतियोगिताअन्तर्गतको एमएस इन्टरनेसनलमा नेपालका तर्पmबाट प्रतिनिधित्व गराइएको थियो। प्रतियोगितामा स्नेहाले बेस्ट पोर्टफोलियो अचिभमेन्ट, इन्टरनेसलन टुरिजम एम्बेस्डर र सुपर मोडलको उप–उपाधि चुमेकी छन्। त्यसैगरी संगीताले मिसेस इन्टरनेसनल एलिगेन्स ब्युटीको उप–उपाधि आफ्नो बनाएकी छन्।

कोरियोग्राफर अश्विनी झा र मिसेस नेपाल २०१९ का इभेन्ट निर्देशक निशु झाको नेतृत्वमा सिंगापुर पुगेका स्नेहा र संगीता दुवै काठमाडौं फर्केका छन्। आयोजक निशु झाका अनुसार प्रतियोगिता नौ दिनसम्म चलेको थियो। प्रतियोगिताका क्रममा विभिन्न देशबाट सहभागी विजयीलाई सिंगापुरका साथमा मलेसिया र इन्डोनेसियाका विभिन्न पर्यटकीय स्थलको भ्रमणसमेत गराइनेछ।

प्रतियोगितामा लात्भियाकी ओल्गा एन्ड्रीले मिसेस इन्टरनेसनल २०१९ को उपाधि चुमेकी थिइन् भने मलेसियाकी प्रेभिता राजा मिसेस एसिया प्यासिफिक भएकी थिइन्। उनलाई अघिल्लो वर्षकी मिसेस एसिया प्यासिफिक इन्टरनेसनल २०१८ विजेता चन्दा थापा गिरीले ताज पहिर्‍याइदिएकी थिइन्। चन्दाले मिसेस नेपाल इन्टरनेसनल २०१८ भएबापत सो प्रतियोगितामा स्पर्धा गर्दै मिसेस एसिया प्यासिफिक इन्टरनेसनल २०१८ को उपाधि चुमेकी थिइन्। गिरीले पे्रmन्ड्ली इन्टरनेसनलको उप–उपाधि पनि चुमेकी थिइन्।साभार


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!