नेपालको सिमा जगाउनको लागी तताउने गीत “गोर्खालीको शान “भिडियो सहित  ।

- November 17, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

आर पोखरेल

काठमाडौ ,मंसिरमा१ । नेपाली गीत संगीतहरुमा मातृभुमी प्रति समर्पित गीत कम मात्रामा आइरहेको अवस्थामा देश प्रति समर्पित गीत “गोर्खालीको शान “को भिडिया सार्वजनिक भएको छ  ।

गोखार्ली ले गरेको योग्दान र पुर्खाले गरेको बलिदान बाट बनेको विशाल नेपालको गरिमालाई उच्च मुल्याङकन गर्दैँ गीतमा देश प्रतिको मायालाई समेटिएको छ  । सार्वजनिक गीतमा गायक कृष्ण के सी र गायिका सोनु घिसिङको आवाजमा रहेको गीत बजारमा आए सगैँ चर्चाको शिखरमा रहेको छ  ।

सुवास जिसीको शब्द तथा कृष्ण केसीको संगीतमा तयार पारिएको गीतमा देश प्रतिको माया र स्नेहलाई समेटिएको छ ।विदेशीको हस्तक्षेपबाट नेपालको भृुमी गुम्न नदिनको लागी गीतले नेपालीलाई एकजुट हुन आग्रह गरिएको छ  । सुवास जिसीको छायाँकन  , पवित्रा जिसीको सम्पादन तथा सुवास जिसीको निर्देशन रहेको छ  ।

“गोर्खालीको शान “ गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!