प्रदेश प्रमुख नबनेका बोहरा अनुशासन आयोगको अध्यक्ष

- November 17, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, १ मंसिर । प्रदेश प्रमुखमा नियुक्ति नदिएका अमृत बोहोरालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको अनुशासन आयोगको अध्यक्ष बनाएका छन् ।

बोहोरालाई असन्तुष्ट भएका माधव नेपाललाई फकाउन अध्यक्ष बनाएको चर्चा नेकपाभित्र चलेको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डले प्रदेश प्रमुखमा ४–३ को भागबण्डा गरेकाले माधव नेपाल असन्तुष्ट भएका थिए ।

उनले नेकपाको सचिवालय बैठकमा प्रदेश प्रमुख नियुक्तिको बिरोध नै गरेको कुरा सार्वजनिक भयो । प्रदेश प्रमुखका दाबेदार रहेका नेकपाका पुराना र सादगी नेता बोहरालाई  अनुशासन आयोगको अध्यक्ष बनाएपछि नेपालको रिस केही मर्ने ओलीको बुझाई छ ।

बोहरा नेपाल १५ बर्षसम्म एमालेको महासचिव रहँदा दोस्रो बरियतामा रहेर पावर एक्सरसाइज गरेका नेता हुन् ।

तर, केपी ओली पार्टीको सत्तामा आएपछि बोहोरा एकपछि अर्को गर्दै किनारामा पारिदै गएका छन् । बोहोरालाई साइजमा ल्याउन पार्टीकी नेतृ तथा उनकी पत्नी अष्टलक्ष्मी शाक्यलाई प्रदेश ३ को मुख्यमन्त्री बनाइएन ।

त्यसबेला राष्ट्रपति विद्या भण्डारीको चाहनालाई पार्टी अध्यक्ष केपी ओलीले मोहोर लगाएर अष्टलक्ष्मीलाई रोक्ने काम गरेको टिप्पणी अहिले पनि पूर्व एमाले वृत्तमा हुने गरेको छ।

नेकपाको सचिवालय बैठकले निर्वाचन आयोगको सचिवमा नेपाल पक्षकै माधव पौडेललाई जिम्मेवारी दिइएको छ ।

ललितपुरका पूर्व जिल्ला विकास समितिका सभापति र हाल ३ प्रदेश सांसदसमेत रहेका पौडेल पनि नेकपाका पुराना नेता हुन् ।

बोहरा र पौडेल पंचायतकालमा सिन्धुपाल्चोकको पिस्कर काण्ड लागि धेरै जेलनेल भोगेका नेता हुन् । अभियान टाइम्सका साथमा ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

 

तीव्र अपडेट