बलिउड शैलीको मैथली गीतको भिडियोमा मेलि र बिरेन्द्रको प्रेम र रोमान्स (भिडियो सहित)

- November 15, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

ईटहरी/ मैथिली गायक जागेश ठाकुरको स्वरमा रहेको “तारा जका जे चम्के” बोलको गीतको म्युजिक भिडियो युट्युब मार्फत सार्बजनिक गरिएको छ । गएको केहि हप्ताअघि पुर्वको धरानमा अवस्थित रमणिय पर्यटन स्थल, चतरा र ईटहरिमा उक्त भिडियो छायांकन भएको थियो । रोमान्टिक र हिन्दी फ्लेबरमा रहेको सो गीतको म्युजिक भिडियोमा सन्चारकर्मी तथा मोडल बीरेन्द्रकुमार साह र मेलि बस्नेत फ़िचर्ड रहेका छन् । म्युजिक भिडियोमा एक अर्का सगको प्रेम सम्बन्ध र रोमान्सलाई देखाईएको छ । हेर्नुस भिडियो यस्तो बनेको छ ।

https://youtu.be/Z1fCU1DaFbo

परिकला मिडिया प्रालि (डिथ्री अनलाईन) ले निर्माण गरेको सो म्युजिक भिडियोलाई सोहि कम्पनिको युट्युब च्यानल डिथ्री टिभि मार्फत सार्बजनिक गरिएको हो । ईटहरिका रंग मिडियाकर्मी तथा निर्देशक सुवास संकल्पले भिडियो निर्देशन गरेका हुन । करिब दर्जन नेपालि म्युजिक भिडियो निर्देशन गरेका संकल्पले मैथली गीतको भिडियो भने पहिलो पटक निर्देशन गरेका हुन् । गीतमा गायक ठाकुरकै सब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा प्रस्तुत कलाकारलाई रिता श्रेष्ठले मेकअप (शृंगार) गरेकी छन् । भिडियोलाई निर्देशक संकल्पले नै छायांकन गरेका हुन् भने सम्पादन पवन सुस्लिङ्गले गरेका छन् ।

नेपालको दोस्रो भाषाको रुपमा रहेको मैथिली भाषाको म्युजिक भिडियोले नेपाल र भारतमा समेत दर्शकहरुको मन जित्न सफल भैरहेको छ । यहि परिप्रेक्षमा मैथिली भाषाको गीतमा पनि फरक स्वाद र शैली भित्रन थाले संगै यो भिडियोलाई पनि सार्बजनिक भैरहेका मैथिली गीत तथा भिडियो भन्दा केहि हदसम्म फरक बनाउने कोसिश गरेको भिडियो निर्देशक संकल्पले बताए । गीत फरक स्वादको भएसंगे भिडियोलाई पनि फरक नै बनाउने प्रयास भएको हुनाले यो भिडियोलाई सबै दर्शकहरुले मन पराउनेमा भिडियोका दुवै कलाकार बिस्वस्त रहेको बताए ।
https://youtu.be/Z1fCU1DaFbo


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!