दराज सपिङ अनलाईन करको दायरा बाहिर : दैनिक १ करोडभन्दाबढीको कारोबार/भ्याट छली

- November 14, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

राेशन कार्की

काठमाडौं । नेपालमा विद्यमान कानुनलाई हातमा लिई आफुखुशी अनलाईमार्फत सामान बिक्री गर्दै आएको दराज अनलाइन सपिङ नामक संस्थाले दैनिक लाखौ रुपैयाँ कर, आयकर र मुल्यअभिबृद्धि कर (भ्याट) छली गर्दै आएको पाईएको छ । सो संस्थाले आफुखुशी गुणस्तहिन सामानको मुल्य निर्धारण गरेर उपभोक्ता ठगी गर्दै आएको छ । तर उपभोक्तालाई बिक्री गरेको कुनै पनि सामानमा भ्याट विल नदिने गरेको छ । एक सामाना अनलाईनमा देखाएर नक्कली सामान उपभोक्तालाई दिदैआएको छ भने नक्कली सामानको मुल्यलाई संक्कली सामानभन्दा बढी मुल्य असुली गर्दै आएको गुनासो उपभोक्ताहरुको छ ।


सो संस्थाले नेपालको बृहत अन्लाईन शपिङ साइट, दराजले संसार कै सबै भन्दा ठुलो सेल ११.११ सफलतापुर्वक पुरा गरेको भन्दै विज्ञप्तिबाटै सार्वजनिक गरेको छ । सो अनुसार दराजले एक पटकमा १ लाख ५ हजारभन्दा बढी समानहरु को व्यापार गरेको दाबी गरेकोछ । एकै दिन लाखौ आफ्नो मुल्यमा बिक्री गर्ने दराजको कारोबार भने पारदर्शी रहेको छ । स्थापना कालदेखिनै कर छली गर्दै आएको यो संस्था सरकारी निकायमा आधिकारीक रुपमा दर्ता समेत भएको छैन ।
यसपाली को ११.११ दराजले नेपाल भरी २४ भन्दा बढी शहरहरुबाट अर्डर आएको जनाएपनि सो बाट बिक्री गरेको सामानको कुनैपनि कर भ्याट र आयकर भने छली गर्दै आएको छ । त्यसका दराज एप र वेबसाइट मा ३ लाख ५ हजारभन्दा बढी प्रयोकर्ताहरु रहेका छन् । ११.११ को मज्जा लुट्न नपाउनु भएकालागी भन्दै उपभोक्तामाथी लुट नै मञ्चाउदै आएको छ । दराजले अझै छूट को नाममा ठगी गर्दै आएको छ ।

यो पनि पढ्नु भयो ?

दराज अनलाइन सपिङ्ग नामक संस्थाद्वारा विनाअनुमति सामान बिक्री : सरकार मुकदर्शक


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!