नेपाल चेम्बर र गाेवा फाउन्डेसनबीच दुई पक्षिय सम्झौता

- October 17, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र भाइब्रेण्ट गोवा फाउण्डेशनबीच द्धिपक्षीय व्यापार, लगानी, पर्यटन प्रबद्र्धन एंव आर्थिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले समझदारी भएको छ । भारतमा गएको चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डल र भाइब्रेण्ट गोवा सभापति राजकुमार कामतबीच समझदारी भएको हो । समझदारीपत्रमा श्रेष्ठ र कामतले हस्ताक्षर गरे । भाइब्रेण्ट गोवा २०१९ को उद्घाटन सत्र कार्यक्रममा गोवाका मुख्यमन्त्री प्रमोद सावन्त उपस्थित थिए । समझदारीले आगामी दिनमा द्धिपक्षीय आर्थिक एंव व्यापारिक सम्बन्ध वृद्धि हुने चेम्बरको भनाई छ । साथै व्यापार लगानी अभिवृद्धि गर्न गोवामा नेपाल डेस्क र नेपालमा गोवा डेस्क राख्ने समेत समझदारी पत्रमा उल्लेख गरिएको छ । भाइब्रेण्ट गोवा फाउण्डेशनले भाइब्रेण्ट गोवाः ग्लोबल एक्स्पो एण्ड समिट २०१९ को आयोजना गरेको र यसमा भारत सरकार र गोवा सरकारको समेत सहभागिता रहेको छ । हालै हस्ताक्षर गरिएको समझदारीले दुई मुलुकबीच हुने अन्तरक्रिया, रोड शो, एक्स्पोमा सहभागिता लगायत पर्यटन प्रबद्र्धनमा जोड दिइएको छ । चेम्बरका श्रेष्ठले आफूहरुले २०२० को फेबु्रअरीमा आयोजना गर्ने चेम्बर एक्स्पोमा सहभागिताको लागि अनुरोध गर्नुका साथै पहाडी मुलुक नेपाल र समुन्द्री सतहसँग जोडिएको गोवा “फ्रम ग्रीन टू ब्लू”बीच पर्यटन प्रबद्र्धन र कनेक्टिभिटीमा जोड दिएकाले नेपाल भ्रमण वर्ष २०२० मा गोवाबाट पर्याप्त पर्यटन भित्राउन सकिने संभावना रहेको बताए । भाइब्रेन्ट गोवाका सभापति कामतले आगामी वर्ष नेपालमा हुने एक्स्पो र पर्यटन वर्षमा आफ्नो संस्थाको तर्फबाट सहभागिता र प्रबद्र्धनको लागि महत्वपूर्ण कार्य गरिने बताए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

 

तीव्र अपडेट