एनआरएनको जग्गा खरिद प्रकरण : राज्यबाट जनता ठगिएझैं हामी पनि ठगियौ

- October 14, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

गैरआवासीय नेपालीको नवौं सम्मेलन मंगलबारदेखि काठमाडौं सुरु हुदै

काठमाडौं । गैरआवासीय नेपाली संघको नवौ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन मंगलबारदेखि काठमाडौंमा सुरु हुदै छ । विदेशमा छरिएर रहेका गैरआवासीय नेपालीहरूलाई संघको सञ्जालमा गोलबन्द गर्दै नेपालीका लागि नेपाली अभियान अघि बढाउन संस्थागत रुपमा सहयोग गरिरहेको र यो प्रकृयालाई निरन्तरता दिदै जाने घोषणा समेत सोमबार भएको पत्रकार सम्मेलनमा गरिएको छ । सन् २००३ देखि २०१९ सम्ममा यस संघ ८० भन्दा बढी मुलुकमा राष्ट्रिय समन्वय परिषद् गठन गरेर सो अभियानमा सकृय रहदै आएको समेत जनाएको छ ।

सो पत्रकार सम्मेलनमा लामो राजनीतिक, सामाजिक संक्रमणको अन्त्यपछि मुलुकले नयाँ संविधान मात्रै पाएको छैन काँचुली नै फेरेको छ, समृद्धिको यात्रा सुरु गरेको र यस ऐतिहासिक समयमा हुन गइरहेको गैरआवासीय नेपाली विश्व सम्मेलनलाई हामीले विशेष महत्वका साथमा लिएका सो संघका अध्यक्ष भबन भट्टले बताएका छन । उनले भने,‘देशका सबै राजनीतिक दलहरू, सरकारी र गैरसरकारी संघसंस्था सहित सिङ्गो देश नै समृद्धिको नवीन यात्रामा जुटेको अवसरमा हामीले पनि सहकार्य गर्ने मौका पाएका छौ’, जसले हामीलाई मातृभूमिप्रति थप अपनत्व र जिम्मेवारीबोध गराएको छ ।’ संसार भरि छरिएर रहेका सबै नेपालीहरू एकैसुत्रमा समाहित भई उत्साहका साथ हातमा हात मिलाएर सबै हात एकै साथ भन्ने मूल भावका साथ नेपालको समृद्धिको यात्रामा जोडिदै आएको समेत उनले बताएका छ । अध्यक्ष भट्टका अनुसार यो सम्मेलनले नेपालको यसै समृद्धिको यात्रामा दिशानिर्देश हुने एजेण्डामा बृहत छलफल गरी महत्वपूर्ण निष्कर्ष निकालिने समेत बताए । नवौं विश्व सम्मेलनले सबै गैरआवासीय नेपालीलाई एकताबद्ध गराई सहकार्य र सकारात्मक कार्य गर्न उर्जा प्रदान गर्दै ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रलाई सार्थक साबित गराउने अपेक्षा राखेको सो पत्रकार सम्मेलनमा जनाएका छन ।  एनआरएनएले बालुवाटारस्थित ललिता निवासको विवादास्पद जग्गा अञ्जानमा खरिद भएको समेत बताएको छ । नेपालको राज्य संयन्त्रलाई विश्वास गर्दा समस्या आएको महासचिव बद्री केसीले बताए हुन ।

उनले भने,‘संस्थाको नाममा जग्गा छ, ब्युरोक्रेसीबारे नजान्दा अहिले समस्या आएको हो, राज्यबाट जनता ठगिएझैं हामी पनि ठगियौं, उक्त जग्गा संघले पैसा तिरेर किनेको र लालपूर्जा संस्थाकै नाममा रहेको छ ।’  ‘म, मेरो एन आर एन ए र मेरो नेपाल’ मूल विषयमा आधारित भएर यस वर्षको नवौं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशन असोज २८ गतेदिख ३० गतेसम्म काठमाडौंमा आयोजना गरिएको छ । यस वर्षको विश्व सम्मेलन पनि विगतमा झैं नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा हुन गइरहेको छ । सो सम्मेलनको शुभारम्भ राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको छ भने समापान प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने कार्यक्रम निर्धारण भएको अध्यक्ष भट्टले बताएका छन् ।
उक्त सम्मेलन आयोजनाका लागि नेपाल सरकार परराष्ट्र मन्त्रीको अध्यक्षतामा एक उच्चस्तरीय आयोजक समितिको गठन भइसकेको छ । उक्त आयोजक समितिमा नेपाल सरकारका प्रतिनिधिहरु र सरोकारवाला संघ संस्थाका अध्यक्षहरू रहेका छ । यसैगरी संघको आन्तरिक आयोजक समिति संघका अध्यक्ष भवन भट्टको अध्यक्षतामा गठन भएको छ । सम्मेलनको मूल विषय ‘म, मेरो एन आर एन ए, र मेरो नेपाल’ मा आधारित भएर विभिन्न महत्वपूर्ण सत्रहरू चल्ने छन् । सम्मेलनमा नेपाल सरकार, राजनीतिक दल, उद्यमी व्यवसायीहरू, मुलुकको उद्योग व्यवसाय र आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नागरिक समाज, समाजसेवी र सञ्चारकर्मीहरुको सहभागिता रहने कार्याक्रम तय भएको छ । सम्मेलनमा ८१ मुलुकका गैर आवासीय नेपाली प्रतिनिधिहरु, स्वदेशी विदेशी सहभागीहरु गरी २ हजार ५ सय जनाको सहभागिता रहने छ । यस वर्ष संघको नयां नेतृत्व समेत चयन हु“दैछ । सम्मेलन काठमाडौको होटेल हायात रिजेन्सीमा आयोजना गरिने कार्यक्रम रहेको छ । सो पत्रकार सम्मेलनमा विदेशमा रहेका र दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूमा समेत नेपालको समृद्धिमा क्षमता अनुसारको भूमिका निर्वाह गर्ने गहिरो चाहना र आत्मविश्वास अझै बढ्दै गएको दाबी गरिएको छ । सो पत्रकार सम्मेलनमा सोधिएको विभिन्न प्रश्नमध्ये बालुवाटारको जग्गा खरिद प्रकरणमा संघलाई समेत ठगी गरेको बताइएको छ । संघले १२ करोड ७० लाख रुपैयाँमा लालपुर्जा सहित खरिद गरेको र सो मध्ये सरकारले ५० लाख रुपैयाँ कर मिनाहा समेत गरी सकेको अबस्थामा पछिल्लो समयमा आएर सो जग्गा प्रकरणमा संघले गैरकानुनी तबरबाट खरिद गरेको भन्नु गलत भएको दाबी समेत गरिएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!