सेयर–बजार : पहिलो दिन नै उच्च अंकले घट्यो नेप्से

- September 15, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं  आज आईतबार नै नेप्से उच्च अंकले घटेको छ । नेप्से आज १७ दसमलव ८७ अंकले घटेर ११ सय ४० दसमलव शुन्य एक अंकमा पुुगेको छ भने सेन्सिटिभ पनि तीन दसमलव ७९ अंकले घटेर दुुई सय ५० दसमलव एक अंकमा पुुगेको छ ।

एक सय ६२ कम्पनीहरुको सात हजार दुुई सय ३९ वटा कारोवारमा १० लाख ९० हजार दुई सय १८ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम २८ करोड ८० लाख ९९ हजार नौ सय १२ रुपैयाँ पुुगेको छ ।

११ वटा समुहको कारोवार हुुंदा ११ वटै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुुचक १९ दसमलव ६९ अंकले घटेर एक हजार ४६ दसमलव ५० अंकमा पुुगेको छ । साभार


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!