मेश दुलाल र गोमा कोइरालाको ‘आयो दशैं गरिबलाई रुवाउन’ बजारमा 

- September 12, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

राजु बोहरा, काठमाडौँ । नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावली २०७६ लाई लक्षित गर्दै गोमा कोइराला र शम्भु नेपालको संयुक्त प्रस्तुति “आयो दशैँ गरिबलाई रुवाउन” बोलको गीत भर्खरै बजारमा आएको छ ।

गीतमा बिहान खायो बेलुका के खाउँ र बेलुका खायो बिहान के खाउँ हुने अशंख्य नेपालीहरुको कथालाई समाबेस गरिएको छ ।

यस भित्र पनि हुँदा खानेहरुका लागि दशैं दशा बनेर आएको एक घत लाग्दो कथालाई छर्लंग पार्न गीतले महत्वपुर्ण भूमिका निर्वाह गरेको छ । “आयो दशैं गरिबलाई रुवाउन” बोलको गीतमा सर्वप्रिय गायक घमेश दुलाल र गोमा कोइरालाको सुमधुर स्वर सुन्न सकिन्छ ।

गायक घमेशले यस अगिका गीतहरुबाट सामाजिक यथार्थता बोलेर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । उनको स्वरमा बजारमा आएको गीतहरु मध्य नारनथानमा गेट बोलको गीत नेपाली सांगीतिक क्षेत्रमा इतिहाँस बन्न सफल भैसकेको छ ।

त्यसैगरी गायिका गोमा कोइरालाले पनि यस अगी थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य संगीता पारखिहरुको ध्यान एकात्रित पारिसकेकी छिन् । उनि बिशेष गरेर नेपाली लोक तथा दोहोरी गीतबाट मौलिकता कहिले नगुमोस् भन्ने चाहना राख्छिन् ।

“आयो दशैं गरिबलाई रुवाउन” बोलको गीतलाई समाजको यथार्थ भोगाई र गरिब निमुखाहरुको पिंडालाई समेटेर प्रतिभावान सर्जक शम्भु नेपालले लय तथा शब्द सिर्जना गरेका छन् ।

उनले पनि यस अगी धेरै गीतहरुमा आफ्नो लय तथा शब्द सिर्जना भरिसकेका छन् । सर्जक शम्भुले हामि सम्पूर्ण कलाकारहरुले नेपाली मौलिक कला संस्कृतिको जगेर्नाका निमित्त आफ्नो कलम चलाउन पर्ने धारणा राख्दछन् ।

प्रस्तुत गीतको म्युजिक भिडियोलाई राज तामाङ्ग, प्रिती तामाङ्ग, रामशरण ढकाल, साजन बलामी, शितल राना मगर र आदित्य चापागाईंको जिबन्त अभिनयले पनि थप सुगन्ध प्रदान गरेको छ ।

गीतको म्युजिक भिडियोलाई निर्देशन मनोज खड्काले गरेका हुन् भने छायांकन रबिन बजगाईं र सम्पादन प्रकाश एस.के ले गरेका छन् । गीतको अडियो तथा भिडियोको सर्वधिकार संगीत सरोबर संग रहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!