महानिरीक्षक(डिआईजी) विश्वराज पोख्रेलको न्यू योर्क शहरमा स्वागत र भेटघाट समारोह सम्पन्न

- September 10, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

अमेरिका, अमेरिका भ्रमणमा रहनु भएका नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डिआईजी) विश्वराज पोख्रेलको न्यू योर्क शहरमा स्वागत र भेटघाट समारोह सम्पन्न भएकोछ।

समारोहमा उपस्थित नेपाली प्रतिनिधिहरूले प्रश्नोत्तर सत्रमा सोधेको शान्ति सुरक्षा सम्बन्धी गम्भीर प्रश्नहरूको सबिस्तार र सहज जवाफ प्रहरी नायब महानिरीक्षक पोख्रेलले दिनु भएकोछ।

प्रहरी र नागरिक समाजलाई फरक कित्तामा राखेर हेर्नु हुँदैन भन्दै नेपाल प्रहरीका प्रवक्ता डिआईजी पोख्रेलले देशमा शान्ति सुरक्षा कायम गर्न प्रहरी र नागरिक समुदायको सहकार्य अपरिहार्य हुने बताउनु भएकोछ।

डिआईजी पोख्रेलले आफूले अमेरिकाको भ्रमण, अवलोकन र औपचारिक प्रशिक्षणबाट धेरै कुरा सिकेको र त्यो नेपालमा फर्केर लागु गर्ने प्रण गर्नु भयो।

प्रहरीले भ्रष्टाचार गर्ने आफ्नै बहालवाला प्रहरी नायब महानिरीक्षकसम्मको उच्च पदको अफिसरलाई गिरफ़्तार गरेको र तल्लो तहको स्टाफलाई रू. २०० घुस लिएकै आधारमा जागिरबाट बर्खास्त गरेको भन्दै कुनै पनि अपराध र भ्रष्टाचार गरी कानून उल्लंघन गर्नेलाई जिरो टलरेण्ट नीति अन्तर्गत कार्यवाही गर्दै आएको उल्लेख गर्नु भयो।

प्रहरी नायब महानिरीक्षकपोख्रेलको टोलीका नेपाल प्रहरीको तीन एसपीहरू र बन बिभागका ५ जना प्रतिनिधि मण्डल अमेरिकी सरकारको बन्यजन्तु संरक्षण सम्बन्धि एक महिने तालिम लिन आएको हो।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!