ताम्राकार हाउसमा ‘नो बक्स, नो बिल’मा खुलेआम मोबाइल सेटको बिक्री

- August 24, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की

काठमाडौं । विभिन्न भन्सार नाकाबाट चोरीपैठारी गरी नेपाल भित्र्याएको मोबाइल सेटको अत्यधिक मात्रामा बिक्रीवितरण हुँदैआएको न्यूरोडको पाकोस्थित ताम्राकार हाउसभित्रका अधिकांश पसलबाट साधारण बिलमार्फत कारोबार गर्दैैआएको भेटिएको छ । कतिपय व्यापारीहरुले भन्सार छली गरी ल्याएका मोबाइल सेटहरु बिनाबिल कारोबार गर्दैआएको पछिल्लो पटक सोही हाउसभित्र व्यवसाय गर्ने व्यवसायीहरुले बताएका छन् । पछिल्लो समयमा चोरीपैठारी गरी नेपालभित्र्याएका मोबाइल सेटहरुलाई ‘अनलाइन सपिङ’मार्फत बिक्री गरिँदैआएको समेत दाबी स्रोतको रहेको छ।

विभिन्न भन्सार नाकाबाट चोरीपैठारी गरी नेपाल भित्र्याएको मोबाइल सेटको अत्यधिक मात्रामा बिक्रीवितरण हुँदैआएको न्यूरोडको पाकोस्थित ताम्राकार हाउसभित्रका अधिकांश पसलबाट साधारण बिलमार्फत कारोबार गर्दैैआएको भेटिएको छ । कतिपय व्यापारीहरुले भन्सार छली गरी ल्याएका मोबाइल सेटहरु बिनाबिल कारोबार गर्दैआएको पछिल्लो पटक सोही हाउसभित्र व्यवसाय गर्ने व्यवसायीहरुले बताएका छन् । पछिल्लो समयमा चोरीपैठारी गरी नेपालभित्र्याएका मोबाइल सेटहरुलाई ‘अनलाइन सपिङ’मार्फत बिक्री गरिँदैआएको समेत दाबी स्रोतको रहेको छ आर्थिक दैनिकले समाचार प्रकाशन गरेको छ । सो हाउसभित्र मोबाइल खरिद गर्न जानेलाई व्यवसायीहरुले मोबाइलको सक्कली बक्स र सक्कली बिलसमेत नदिने गरेको गुनासो उपभोक्ताहरुले गरेका छन् । पीडित उपभोक्ताहरुका अनुसार अधिकांश पसलहरुमा ‘नो बक्स अर्थात् बक्स नभएको, नो बिल’ भन्दै साधारण बिलमा कारोबार गर्नेगरेको बताइएको छ । भने अर्कोतर्फ प्रत्येक सेटमा १३ प्रतिशत मुल्यअभिवृद्धि कर(भ्याट) जोडेर वास्तविक मुल्यभन्दा अत्यधिक महँगोमा सेट बिक्री गर्ने गरे पनि बिल भने नदिने गरेको दुखेसो उपभोक्ताहरुको रहेको छ । 

पछिल्लो समय महँगा र ब्राण्डेड मोबाइल सेटहरुको मागको फाइदा उठाउँदै व्यापारीले उपभोक्तामाथि ठगीधन्दा नै चलाउँदै आएका छन् । चोरीपैठारीका सेटहरुको कारोबार मुलुकभर हुँदै आएको भएता पनि मुख्य व्यापारिक कारोबार हुने स्थलको रुपमा न्यूरोड र महाबौद्धलाई लिने गरिएको छ । त्यसमा पनि केही गिरोहले त अनलाइन सपिङमार्फत सस्तो एवं नो बक्स ब्राण्डेड न्यू मोबाइल फोन भन्दै प्रचारप्रसार गरेर नै गर्दै आएका छन । 

यसै क्रममा एमके टेड्रर्स, मेघा इम्पोर्ट, एनडिटी डिष्ट्रिव्यूटर्सलगायतका व्यापारिक फर्महरुले खुलेआम यस्ता सेटहरुको कारोबार गर्दै आएको पाइएको छ । यस्तै साउथ एसिया इन्टरनेशनल मोडेल युनाइटेड नेशनका प्रमुख भन्दै परिचय वेबसाइटमा राखेर अवैधरुपमा नेपाल मोबाइल सेट भित्र्याएर कारोबार गर्नेमा श्याम गोयल नामका व्यापारीसमेत सकृय रहेको पाइएको छ । न्यूरोड एरियामा विभिन्न वस्तुको आयात गर्ने, कम्प्यूटर तथा विभिन्न इलेक्ट्रोनिक्स सामग्रीको आयात गर्ने कम्पनीहरुदेखि हुण्डी कारोबारीसमेतले त्यस्ता मोबाइल सेटहरुको तस्करी गरी नेपाल भित्र्याउने गरेको आरोप 
लागेको छ । 

साउथ एसिया इन्टरनेशनल मोडेल युनाइटेड नेशन नामक संस्थाका प्रमुख संस्थापकसमेत रहेका श्याम गोयलले एनडिटी डिष्ट्रिव्यूटर्स एण्ड प्रालिको नामबाट यस्ता मोबाइलको कारोबार गर्देआएको स्रोतको आरोप रहेको छ । उनको बुबाले सञ्चालन गरेको इलेक्ट्रोनिक्स सामग्रीको आयात गर्ने मेघा इम्पोर्टले ल्याउने विभिन्न इलेक्ट्रोनिक्स सामग्रीभित्र बक्स हालेर मोबाइल सेट तस्करी गर्नेगरेको आरोप उनीमाथि लागेको छ । गोयलले मुख्य गरी महँगो मानिएका एप्पल ब्राण्डको मोबाइल र ल्यापटपलगायत अन्य ब्राण्डका फोनको तस्करी गर्दैआएको आरोप नाम नलेख्ने शर्तमा ताम्राकार हाउसमै व्यवसाय गर्ने एक व्यवसायीले लगाएका छन् ।

न्यूरोडमा नै इलेक्ट्रेनिक्स वस्तुको कारोबारमा संलग्न रहेका अर्का तस्कर आयुष अग्रवालले भने हुवावे, सामसुङलगाएतका मोबाइलहरुको कारोबार गर्दै आएका छन् । उनले विभिन्न कम्प्यूटरका सामग्रीभित्र बक्स फालेर मोबाइल नेपाल भित्र्याउने आरोप लागेको छ । अग्रवालले बढी मात्रामा भारतबाट चोरीपैठारीका सेट नेपालमा बिक्री गर्नेगरेको स्रोतको दाबी रहेको छ । यसैगरी संकटामा रहेको एम के टेड्र लिंक नामको संस्थाले समेत यस्ता मोबाइलहरुको तस्कर गरी कारोबार गर्नेगरेको पाइएको छ । विभिन्न अनलाइनमा विज्ञापन नै गरी सस्तोमा खुलेआम मोबाइल कारोबारमा सक्रिय रहेको फेला परेको छ । यसरी ‘नो बक्स नो बिल’सहित खुलेआम मोबाइल सेटको कारोबार हुँदासमेत सम्बन्धित निकायको ध्यान भने अझै जान सकेको छैन । न्यूरोडको ताम्राकार हाउसदेखि महाबौद्धका गल्लीहरुमा व्यापकरुपमा होलसेल एवं खुद्रा किनबेच हुने यस्ता सेटहरुको तस्करी धन्दामा संलग्न ठूला एवं साना गिरोहहरुको संख्या दैनिकरुपमा वृद्धि हुँदैगएको छ । 

भारतबाट चोरीपैठारी गरी नेपाल भित्र्याएको मोबाइल सेट न्यूनतम ६० लाख भारु मूल्यभन्दा बढीको रहेको पाइएको छ । स्रोतका अनुसार हाल विशालबजारमा पसल भएका ग्रीस अग्रवाल, न्यूरोडको ताम्राकार र अन्य स्थानमा पसल भएका सुमित खेतान, राहुल बानियाँ, रबी भेटवाल, सञ्जीव घिमिरे, नरेन्द्र ढकाल, कल्पना तिवारी, सुधिर शाह, सञ्जय बगैयाँ, सवीहरी सापकोटालगायत नाम गरेका व्यापारीबाट अवैधरुपमा मोबाइल सेट भारतर हङ्कङबाट नेपाल ल्याउनेगरेको आरोप लागेको छ । भन्सार कर्मचारीको ‘सेटिङ’ मा व्यापारीहरुले भन्सार छली गर्दै ७० प्रतिशत, विदेशमा काम गर्न गएका नेपालीहरु स्वदेश फर्किँदा विमानस्थलमा बोकाएर ल्याउनेमा १० प्रतिशत, व्यापारीहरुका आफन्त स्वदेश फर्किँदा ल्याउने १० प्रतिशत, न्यून भन्सार मूल्याङ्न गरेर ८ प्रतिशतसहित ९८ प्रतिशत मोबाइल सेट मासिकरुपमा नेपाल भित्रिने गरेको छ । त्यसमा दुई प्रतिशतले मात्र भन्सार राजस्व बुझाएर मोबाइल सेट नेपाल भित्र्याउने गरेको पाइएको छ । 

यसरी अवैधरुपमा चोरीपैठारी हुँदैआएका मोबाइल सेटहरुलाई सरकारले नियन्त्रण गर्ने भन्दै योजना सार्वजनिक गरे पनि अहिलेसम्म कुनै कारबाही गर्न सकेको छैन । सोही कारण करोडौँ रुपैयाँ राजस्व समेत सरकारले गुमाउनुपरेको छ । प्राधिकरणले चोरीपैठारी र नक्कली सेटबाट उपभोक्ता नठगियून् र वैधानिक बाटोबाट भित्रिएर राजस्वमा समेत टेवा पुगोस् भनेर मोबाइल, ट्याब्लेटमा अनिवार्य टाइप अप्रुभल लिने व्यवस्था गरे पनि उसैले नियमन गर्न नसक्दा बजारमा गैरकानुनी मोबाइलको बजारमा वृद्धि हुँदै गएको छ । दूरसञ्चार ऐन, २०५३ को दफा १३ (च) तथा दफा १४ अनुसार हरेक मोडलका मोबाइल सेट तथा आइएसएम ब्यान्डका उपकरणका लागि प्राधिकरणबाट स्तर स्वीकृति लिन अनिवार्य छ । तर सो ऐनलाई मोबाइल व्यापारीहरुले कुनै पनि स्वीकृत लिएको पाइएको छैन । यसैगरी ताम्राकार मोबाइल हाउसमा उपभोक्तालाई एउटा सेट देखाएर अर्को चोरीपैठारीबाट नेपाल भित्राएको सेट दिने गरेको समेत पाईएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!