हिरासतबाट रवि लामिछानेले भने– ‘प्रहरीबाटै असुरक्षित महसुश गरिरहेको छु’ हिरासतबाट निकालेको पाँच मिनेटमै घ टनामा मेरो संलग्नता नभएको प्रमाणित गर्न सक्छु !

- August 22, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछानेसहित तीनजनालाई पुनः पाँच दिनको म्याद थपेको छ । गत मंगलबार चितवन जिल्ला अदालतमा उपस्थित गराएपछि जिल्ला न्यायाधीश केशव अधिकारीको तीन नम्बर इजलासमा इजालासमा भएको बहसमा पुनः पाँच दिनको म्याद थप गर्ने विषयमा अदालतले अनुमति दिएको हो । यसै विषयमा सञ्चारकर्मी रवि लामिछानेले आफू र आफ्नो सहकर्मी युवराज कँडेल सालिकराम पुडासैनीको प्रकरणमा कहीँ कतै संलग्नता नदेखिएको पोइन्ट वाइज स्पष्ट भइरहेको समयमा पुनः पाँच दिनको म्याद थप्दै प्रहरीले चलाएको कदम आफूहरुलाई फसाउँने गरि सुनियोजित र नियतपूर्ण रहेको बताएका छन् ।

टिभी जर्नलिष्ट लामिछानेले आफ्नो धर्मपत्नी निकिता पौडेलको फेसबुक मार्फत आफू प्रहरीबाटै असुरक्षित भएको महसुश गरेको जानकारी गराउँदै लेखेका छन्– ‘पाँचौ दिनसम्म मैले प्रहरीसँग आफू सुरक्षित रहेको महसुश गरेको थिएँ तर, आजबाट भने म प्रहरीसँग नै असुरक्षित भएको महसुश गरेको छु ।’ आफू र आफ्नो सहकर्मी युवराज कँडेलका साथै यस घ टनामा नाम जोडिएकी अस्मिता कार्की (रुकु)को बयान लिए पश्चात आफूहरुको कहीँ कतै संग्लनता नदेखिएको बताउँदै सञ्चारकर्मी लामिछानेले भनेका छन्– ‘बयानका लागि मेरा भनाइ समावेश गरिरहँदा म हिरासतबाटै केही प्रश्नहरु पनि गर्न चाहन्छु । जब, कि प्रहरीको बर्दी लगाएका बेला एसपी दानबहादुर मल्ल जीले सालिक जीको भिडियो म्यासेज प्रहरीसँग मात्र सुरक्षित रहेको दाबी गरिरहेका बेला उक्त भिडियो कोबाट कसरी लिक गरियो ? भन्ने बिषयमा अनुसन्धान अगाडि बढाउँनुपर्ने थियो कि थिएन ? र अर्को कुरा यदि त्यो भिडियो परिवारबाट बाहिरिएको हो भने परिवारलाई पनि उक्त भिडियो सार्वजनिक भएको बिषयमा सोधपुछ गर्नु पर्छ कि पर्दैन ?’

त्यस्तै लामिछानेले अनुसन्धानका लागि भन्दै प्रहरीले आफ्नो फोनको कल डिटेल निकाल्न समय लगाएको बिषयमा प्रश्न गर्दै भने– ‘प्रहरीले दुई दिन भित्रै कल डिटेल सजिलै निकाल्न सक्छ तर, मलाई फसाउँने नियतसहित समय लम्ब्याएको बिषयमा मैले आफूलाई यहाँ भित्र असुरक्षित रहेको महसुश गरेको हुँ ।’पत्रकार पुडासैनी प्रकरणलाई लिएर प्रहरीले आफूलाई ५ बर्षनै थुन्ने नियत देखाएको बताउँदै उनले भने ‘देश तथा विदेशमा रहनु भएका मेरा सम्पूर्ण शुभचिन्तकहरुलाई म के भन्न चाहन्छु भने, मलाई हिरासतबाट निकालेको ५ मिनेटभित्रै यो घ टनामा मेरो कहीँ कतै संग्लनता छैन भनेर म प्रमाणित गर्न सक्छु ।’गत साउन २० गते चितवनको कङ्गारु होटेलमा पत्रकार पुडासैनी मृ त अवस्थामा फेला परेका थिए । सोही विषयमा छानविनका लागि सञ्चाकर्मी रवि लामिछाने र युवराज कँडेललाई चितवन प्रहरीले न्युज २४ टेलिभिजनको कार्यालयमै प्रवेश गरी अन्तर्राष्ट्रिय मान्यता विपरित नियन्त्रणमा लिएको थियो ।साभार।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

तीव्र अपडेट