नेपालका निजी विमान कम्पनीलाई अन्तर्राष्ट्रिय उडान अनुमति दिने : पर्यटनमन्त्री भट्टराई

- August 15, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले अन्तर्राष्ट्रिय विमानस्थलमा पहिला भन्दा सुधार भईरहेको बताएका छन् । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई थप सुधार गर्दै लगिने सममेत बताएका छन् । नेपाल चेम्बर अफ कमर्शले काठमाडौंमा गरेको “नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका संभावना तथा सहजीकरणका सन्दर्भमा निजी क्षेत्रको भूमिका’’ नामक कार्यक्रममा उनले सो कुरा बताएका हुन । मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा भएका सबै सुविधा हुने दाबी गरेका छन् ।
मन्त्री भट्टराईले अध्यागमन छिट्टै स्मार्ट बनाउँदै स्मार्ट अध्यागमनमा अन्य अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा भएका सरह सबै सुविधा हुने दाबी गरे उनले यही वर्षको डिसेम्बरसम्म गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउने गरी काम भईरहेको बताउँदै समयमै विमानस्थलनिर्माण सम्पन्नगर्न सरकारको तर्फबाट कुनै पनि कमी हुन नदिएको बताए ।
मन्त्री भट्टराईले नेपालमा हवाई इन्धनको उच्च मूल्यका कारण टिकट महंगो भएको भन्ने चौतर्फी गुनासो आएको भन्दै यसको समाधानका लागि छलफल सुरु गर्ने बताए । यूरोपियन यूनियन (इयु) ले नेपालका विमान कम्पनीलाई बन्देज लगाउनु परेको कारण केही नभएको भन्दै उनले प्रतिबन्ध हटाउन आग्रह गर्दै आएको बताए ।
हालै आईकाओले गरेको सेफ्टी अडिटमा नेपालका हवाई औषतभन्दा सम्बन्धित निकायलाई राम्रो देखाएको भन्दै ईयूले बन्देज हटाउनुपर्नेमाविशेष जोड दिनुभयो । पर्यटन वर्ष २०२० लाई सफल पार्न नेपालका निजी विमान कम्पनीलाई अन्तर्राष्ट्रिय स्थलमा उडानका लागि अनुमति दिने क्रमजारी रहेको बताए ।
चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले यूरोपियन यूनियनले लगाएको बाधाले नेपालमा पर्यटनको असर परेको बताए । उनले मूल्यमा कार्टेलिङ हुँदाहवाई टिकट भाडा महंगो भै चिनियाँ पयर्टक उल्लेख्य संख्यामा आउन नसकेको बताए । उनले सन् २०२० पर्यटन भ्रमण वर्ष सफल बनाउन सबै पर्यटकलाई भिसा शूल्क कम गर्न र पर्यटन आगमनको संख्या बढाएर त्यसबाट राजस्व वृद्धि हुने बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड हेन्डलिङ्ग, लैण्डिङ्ग शुल्कमा निकै सुधार आवश्यक रहेको भन्दै अध्यक्ष श्रेष्ठले मन्त्रीको ध्यानाकर्षण गराएका थिए । उनले लुम्बिनी र पोखरा बिमानस्थल निर्माण र समयमा सम्पन्न गर्ने भनाई प्रति हामी गौर्रवान्वित रहेको बताए । अध्यक्ष श्रेष्ठले ट्राभल एजेन्सिकालागि गाडि र गाडिमा प्रयोग हुने इन्धन नै कच्चापदार्थ भएकोले पर्यटन प्रर्बद्धन गर्न गाडी आयातको भन्सार दरमा छुट दिनुपर्ने बताए उनुभयो । उनले सरकारले उद्योगलाई एक तह मुनि भन्सार छुट दिए जस्तै इन्धनमा भ्याट छुट दिइनु पर्ने । यसबाट लागत बढेकाले सम्बन्धित निकायमा पहल गरिदिन मन्त्रि भट्टराईलाई आग्रह गरेका थिए । अध्यक्ष श्रेष्ठले ट्रेकिङ एजेन्सीले प्रयोग गर्ने सामान, ट्राभल एजेन्सिले प्रयोग गर्ने समान र होटलका सरसमानको बढी प्रयोगले राजस्व बढी उठ्ने हुदा सहलियत दिनु पर्ने बताए ।
कार्यक्रममा चेम्बरको लेटर हेडमा पर्यटन भ्रमण वर्ष २०२० को लोगो राखेर सार्वजनिक पनि गरिएको थियो ।
सो अवसरमा नेपाल सरकारको उच्च पदस्थहरु लगायत अन्य पदाधिकारीको उपस्थिती थियो । साथै चेम्बर अफ कमर्शका पदाधिकारी, पर्यटन समिति, वस्तुगत तथा आबद्ध संघका पदाधिकारीहरु तथा चेम्बरका सदस्यहरुको उपस्थिती थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!