तीजको अवसरमा गलकोटको ऐतिहाँसिक स्थल नाच्ने डाँडामा तीज महोत्सव हुने

- August 2, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

थम्मन थापा, बागलुङ, गलकोटकै ऐतिहाॅसिक स्थल नाच्ने डाॅडामा यसपाली तीज महोत्सव हुने भएको छ ।

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा नाच्ने डाॅडा संरक्षण समाज गलकोट नगरपालिका ७ मल्मले तीज महोत्सव आयोजना गरेको समाजका अध्यक्ष कोपीला खडकाले जानकारी दिनुभयो ।

आगामी भदौ १५ गते देखि १६ गते सम्म महोत्सव सञ्चालन हुनेछ । महोत्सवमा सामुहिक दर खाने कार्यक्रम समेत तय गरिएको छ ।

ऐतिहाॅसिक स्थल नाच्ने डाँडामा परापुर्वकाल देखि नै प्रत्येक वर्ष  तीज मेलाको सञ्चालन हुॅदै आईरहेको अध्यक्ष खडकाले बताउनु भयो । लोपोन्मुख कला संस्कृति हाम्रो शान भन्ने मुल उद्येश्यका साथ स्थापना भएको समाजले परम्परागत तीज मेलालाई निरन्तरता दिदै आएको छ ।

तीज महोत्सव सफल पार्न ज्ञान बहादुर थापाको संयोजकत्वमा ११ सदस्यीय आर्थिक व्यवस्थापन समिति चयन गरिएको छ । त्यस्तै पत्राचार, मञ्च व्यवस्थापन, महोत्सव स्थल सफाई, प्रचार प्रसार, आन्तरिक व्यवस्थापन लगायतका विषयमा समेत अन्तरकृया गरिएको छ ।

समाजले मल्मको ऐतिहाॅसिक नाच्ने डाॅडाको संरक्षण सम्वर्दन गर्दै परम्परागत तीज विशेष कार्यक्रमलाई जीवन्त राख्न प्रत्येक वर्ष तीज मेला गर्दै आईरहेको छ ।

महोत्सवमा बृहत खुल्ला तीज गीत तथा नृत्य प्रतियोगिता, ज्येष्ठ महिला, सकृय महिला समाजसेवी, आगन्तुक चेली अभिनन्दन, खुल्ला सामुहिक नाचगान सॅगै राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरुको जमघट हुने समाजका सचिव कोपिला थापाले जानकारी दिनुभयो ।

महोत्सव सफल पार्न विभिन्न शिषर्कमा उपसमिति समेत चयन गरिएको छ । महोत्सवले परम्परागत तीज भाकाहरुको संरक्षण गर्दै नयाॅ पुस्तालाई परम्परागत कला संस्कृति प्रति आकर्षण गर्न महत्वपुर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।

नाॅच्ने डाॅडामा झण्डै २ सय वर्ष पुरानो ईतिहाॅस बोकेको धार्मिक स्थल सिद्वेशवर धार्मिक स्थल समेत रहेको छ । महोत्सवमा मन्दिरमा ब्रतालु महिला दिदीबहिनीहरुको लागि पूजाआजाको समेत प्रवन्ध मिलाईने सिद्वेश्वर शिवालय सेवा समितिले जनाएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

तीव्र अपडेट