शिक्षण संस्थालाई चर्को शुल्क वृद्धि फिर्ता लिन माग गरियो

- August 1, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ : नेपाल विद्यार्थी सङ्घले शिक्षण संस्थाले बढाएको चर्को शुल्क वृद्धि फिर्ता लिन माग गरेको छ। नेविसङ्घले आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई भेटेर निजी शिक्षण संस्थाले बढाएको चर्को मूल्य फिर्ता लिन माग गर्दै ज्ञानपत्र बुझाएको हो ।    
    
ज्ञापनपत्र बुझाउँदै नेविसङ्घका नेता लिलावल्लभ दाहालले कक्षा ११ र १२ को भर्नाको क्रममा निजी शैक्षिक संस्थाले चर्को शुल्क असुलेको आरोप लगाउनुभयो ।

निजी शिक्षण संस्थाले बेथिती नरोके नेविसङ्घले सडक सङ्घर्ष गर्ने उहाँको भनाइ थियो । नेविसङ्घका नेता मोतीलाल भण्डारीले विद्यालय तहदेखि नै विश्वविद्यालयसम्मको सरकारी शिक्षा धरासयी बन्दै जानु र नीजी शिक्षामा मनोमानी ढङ्गले रकम उठाएकाले विद्यार्थी मारमा परेको बताउनुभयो ।    
    
भेटका क्रममा शिक्षामन्त्री पोखरेलले कक्षा १२ सम्मको शिक्षा स्थानीय तहले हेर्ने गरेको बताउँदै कार्यविधि बनाएर चर्को शुल्क घटाउन सरकार लाग्ने बताउनुभयो ।

चाँडै तीन तहको सरकारबीच छलफल गरी शिक्षा क्षेत्रमा देखिएको अन्योलता हटाउने मन्त्री पोखरेलको भनाइ थियो ।    


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!