सेयर–बजार : अन्तिम कारोवार दिन घटेर नै रोकियो नेप्से

- August 1, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, साताको अन्तिम कारोवार दिन बिहिबार पुुन घटेको छ । नेप्से आज एक दसमलव ७४ अंकले घटेर १२ सय ६३ दसमलव ८४ अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ७१ अंकले  घटेर दुुई सय ७२ दसमलव ५३ अंकमा पुुगेको छ ।

एक सय ६८ कम्पनीहरुको आठ हजार चार सय ५३ वटा कारोवारमा २० लाख ६० हजार छ सय ७८ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ५९ करोड पाँच लाख ८८ हजार दुुई सय ३९ रुपैयाँ पुुगेको छ ।

१२ वटा समुहको कारोवार भएकोमा चार वटा समुहको सुचक बढेर सात वटा समुहको सुचक घटेको छ भने टे«डिङ समुहको सुचक स्थिर रहेको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दसमलव ६८ अंकले घटेर ११ सय ३६ दसमलव २९ अंकमा पुुगेको छ ।

बिकास बैंक समुहको सुचक पनि एक दसमलव सात अंकले घटेर १६ सय १६ दसमलव ९० अंकमा पुुगेको छ । यसैगरी जलबिद्युुत, उत्पादनमुुलक, होटल, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेका छन् । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

 

तीव्र अपडेट