रेस्लरले कुटेपछि बलिउड नायिका राखी थचक्कै

- July 24, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

नयाँ दिल्ली । बलिउड अभिनेत्री राखी सावन्त एक महिला रेस्लरको कुटाइबाट अस्पताल नै भर्ना हुन पुगेकी छन् । रेस्लरले कुटेपछि नायिका राखी थचक्कै परेको चर्चा बलिउडमा चुलिएको छ ।


हालै हयिणास्थित एक स्टेडियममा आयोजित रेस्लिङ प्रतिष्पर्धामा राखीलाई अर्की महिला रेस्लरले पहिलो धक्काबाटै घाइते बनाएकी हुन् ।

अभिनेत्री राखीले अन्तर्राष्ट्रिय महिला रेस्लर द रेबेललाई च्यालेन्ज दिएपछि ताउ देवीलाल स्टेडियममा आयोजित रेस्लिङमा राखी र रेस्लर द रेबेलबीच भिडन्त भएको थियो ।

कार्यक्रम सुरु हुनासाथ रेस्लर र राखी रिङ छिरे । सुरुको केही सेकेण्डको ‘वार्म अप’ पछि महिला रेस्लर द रेबेलले राखीलाई उचालेर स्टेजमै पछारिन् । राखी उठेर आक्रमण गर्लिन् भन्ने धेरैको अपेक्षाको विपरित राखी भुइँमा लडेको १० मिनेटसम्म उठ्नै सकिनन् ।

उपचारको क्रममा उनको ढाडको हड्डीमा चोट लागेको छ । केही दिन अस्पतालमा आराम गर्न चिकित्सकले सल्लाह दिएका छन् । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!