इष्टन इन्डिया ट्रेड समीट २०१९ मा सहभागी हुन चेम्बरको प्रतिनिधिमण्डल कोलकत्ता प्रस्थान

- July 16, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शको औद्योगिक एंव व्यापारीक प्रतिनिधीमण्ड कन्फिडेरेशन अफ वेष्ट बंगाल ट्रेड एशोसिएसन, इष्टर्न इण्डिया ट्रेड समीट २०१९ मा सहभागि हुन ३८ सदस्यिय औद्योगिक तथा व्यापारीक प्रतिनिधिमण्डल कोलकोत्तामा सहभागी भएको छ ।
नेपाल चेम्बरले सो संस्थासँग समझदारी पत्रमा हस्ताक्षर गरेपछि नियमित रुपमा शिखर सम्मेलन, मेला/प्रर्दशनीमा सहभागिता जनाउँदै आएको छ । साथै भारतीय पक्षबाट नेपलमा व्यापरीक प्रतिनिधी मण्डलले मेला /प्रदर्शनीमा सहभागी भएका छन् । सो सम्मलेलनको मूल उद्देश्यमा उद्यमी / व्यवसायीबीच आपसी सम्बन्ध वृद्धि, ज्ञानको अभिवृद्धि र वास्तविक रुपमा व्यवसाय गर्न सम्झौता गर्ने प्रमुख उद्देश्य रहेका छन् ।

१५–१६ जुलाईमा भएको सो शिखर सम्मलेन र मेलामा नेपाल चेम्बर सपोर्टिङ्ग पार्टनरको रुपमा सहभागी भएको हो । सम्मेलनमा सहभागि नेपाल चेम्बरका प्रतिनिधिले नेपाल र भारतबीचको व्यापार सहजीकरणका लागि व्यापार, कारोबार र आर्थिक वृद्धिमा थप परिमार्जन हुने प्रचुर संभावना भएका छन् । प्रतिनिधिमण्डलले यस्तो सम्मेलनले दुई पक्षिय व्यापारिक र आर्थिक क्षेत्रमा अझ सुदृढीकरण गर्ने उपायहरू पहिल्याउँने र दुवै मुलुकलाई फाइदा पुग्न जानेमा जोड दिएका थिए । सो प्रतिनिधिमण्डलमा नगर, जिल्ला चेम्बर अफ कमर्शका पदाधिकारीहरु, उद्यमी व्यवशायीहरुको सहभागिता रहेको छ । सहभागी उद्यमीहरु कृषि, बैंक तथा वित्तिय, तयारी पोशाक, गरगहना, मिनिरल वाटर, उत्पादन क्षेत्रसँग सम्बद्ध रहेको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!