मोदी र ओलीलाई ३० दिनभित्रै विषादी परीक्षणा गर्ने मेशिन उपलब्ध गराउने नेपाली ई. कँडेलको घोषणा

- July 12, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले भारतबाट आयात हुने तरकारीमा विषादी रहेको र यसबाट लाखौं नेपालीहरुको जनजीवन प्रभावित बनेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गम्भिर ध्यानाकार्षण गराएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो आग्रह गरेका हुन् । उनले आफू भारतीय प्रधानमन्त्री मोदीको ठूलो फ्यान भएपनि पहिला आफ्नो परिवार अनि देश र त्यसपछिमात्रै मित्रराष्ट्र आउने सुनाउँदै नेपाली नागरिकको स्वास्थ्यप्रति आफू संवेदनशीले रहेको सुनाए ।

उनले नेपाल–भारतबीच सदियौंदेखि सुमधुर सम्बन्ध रहेकोले आगामी दिनमा पनि दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउनुपर्नेमा जोड दिए ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सि जिनपिङ सबैलाई पछि पार्दै मोदी विश्वकै शक्तिशाली नेता बनेकोमा गर्वले आफ्नो छाति चौडा भएको पनि कँडेलले सुनाए ।

पहिलो कार्यकालको सुरुवातमै नेपाल भ्रमण गर्दा मोदीले नेपालको तत्कालिन संविधानसभामा सम्बोधन गर्दा ‘भारतले जितेका सबै युद्धमा नेपालीले खुन बगाएको’ कुरा सम्झिंदै कँडेलले भने,‘मोदीज्यु, बहादुर नेपाली त भारतलाई चाहिएको छ, त्यसैले बहादुर बनाउनको लागि पनि स्वच्छ र तेजिलो तरकारी खानुपर्छ ।’


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!