सन्राइज बैंकको शाखा मुलपानीमा

- June 7, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ ।

यसै क्रममा काठमाडौं स्थित मुलपानीमा यस बैंकले आफ्नो शाखा संचालनमा ल्याएको छ । बुधबार आयोजित औपचारिक कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाको मेयर कृष्ण हरि थापा र सन्राइज बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले युक्त रुपमा उद्घाटन गर्नुभयो ।

सो कार्यक्रममा सन्राइज बैंकका नायव महाप्रबन्धक अपछ कुमार यादव लगायत  बैंकका पदाधिकारीहरको उपस्थिति रहेको थियो । यो समेत गरी बैंकको शाखा संख्या १०७ वटा पुगेको छ । 

साथै बैंकले नेपाल अधिराज्य भर ३३ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर र १२२ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै बैंकले  आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरmमा पनि थप शाखाहरु संचालन गर्ने योजना रहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!