तेजेन्द्रले ठमेलको नक्सा बनाएको नाममा अनियमितता

- May 22, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

नक्सा बनाएको रकम परिषद्लाई दिन आबश्यक छैन : श्रेष्ठ

काठमाडौं । ट्राफिक प्रहरीसँगको मिलेमतोमा अवैध धन्दा चलाउँदै आएका ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठले तत्कालीन समयमा प्रकाशन गरेको ‘ठमेल भिजिट म्याप’को नाममा अनियमितता गरेको ठहर गर्दै सो नक्सा छपाइ गर्दा के कति खर्च भयो, सो विवरण सार्वजनिक गर्न उजुरी परेको छ । परिषद्को कार्यालय ठमेलमा जेठ ५ गते छानबिन गरी कारबाही गरिपाऊँ भन्दै २०७६ जेठ ६ गते आइतबार सो कार्यालयको दर्ता नम्बर ९३ मा उजुरी गरेको छ ।

उजुरीपत्रमा सो परिषद्को २०६७÷०६९ को कार्यसमितिका अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठले गोइङ इन्टरनेशनल प्रालिका प्रबन्धनिर्देशक जेनी भन्ने चिनियाँ नागरिक महिलालाई ठमेल म्याप बनाउन दिई विभिन्न व्यवसायीहरुबाट विज्ञापन संकलन गरेर लाखौँ रुपैयाँ अवैध रुपमा असुली गरेको आरोप लगाइएको छ । सो म्यापमा व्यवसायीहरुको विज्ञापन राखी आर्थिक संकलन गरेको हुनाले र हालसम्म सो म्यापमा समावेश गरिएको विज्ञापनको शुल्क र संकलन भएको रकमको कुनै हिसाबकिताब परिषद्मा नदिई आफैँले हिनामिना गरेको ठहर सो उजुरीमा रहेको छ  भन्दै आर्थिक दैनिकले समाचार प्रकाशन गरेको छ।

तेजेन्द्रले जनधनको सुरक्षा र अवैध क्रियाकलाप गर्नेमाथि नियन्त्रण लिई सम्बन्धित निकायमा बुझाउने अधिकारप्राप्त संस्था नेपाल प्रहरी अन्तर्गतका विभिन्न निकायबाट प्रहरीले नै अतिरिक्त रकम संकलन गर्नमा विशेष भूमिका खेल्दै आएको समाचार आर्थिक दैनिक र तीब्रखबर डटकमले प्रकाशन गरेपछि श्रेष्ठमाथि कारबाहीको माग राख्दै उजुरी दिनेको संख्यामा समेत वृद्धि भएको छ । ट्राफिक प्रहरीबाटै पर्यटकीय क्षेत्र ठमेलबाट अवैध रुपमा अतिरिक्त रकम संकलन गरेको प्रमाण प्राप्त भएसँगै प्रकाशित समाचारकै आधारमा श्रेष्ठले शक्ति र पैसाको आडमा अवैध धन्दा चलाउँदै आएको समेत दाबी उजुरीपत्रमा गरिएको छ ।

बाह्य र आन्तरिक पर्यटकहरुको भीडभाड हुने ठमेल क्षेत्रमा आफूखुसी जहाँ पायो, त्यहाँ सवारीसाधन ओहोरदोहोर गर्न गराउन पाउने गरी विगत लामो समयदेखि ठमेल पर्यटन विकास परिषद्बाट अतिरिक्त रकम लिएको पाइएको छ । सो परिषद्का पूर्वअध्यक्ष समेत रहेका विवादास्पद व्यापारी श्रेष्ठसँगको साँठगाँठबाट प्रहरीलाई अतिरिक्त रकमकै व्यवस्था गरेको प्राप्त भर्पाइबाट खुलेपछि अहिले परिषद्मा चर्को बहस सुरु भएको स्रोतको भनाइ रहेको छ । पूर्वअध्यक्ष श्रेष्ठले महाशाखाका प्रमुख वसन्त पन्तलाई आफ्नो होटल थर्ड आई, यिङयाङमा बोलाएर आफू अनुकूलताको व्यवस्था गरिदिन भन्दै गोप्य बैठक बसेको आरोप स्थानीयहरुको रहेको छ ।

यसरी आफूलाई पर्यटन व्यवसायको आवरणमा कलेज र म्यानपावर चलाउँदै आएका श्रेष्ठ कुनै समय लागूऔषध दुव्र्यसनको आरोपमा पक्राउ समेत परेका व्यक्ति हुन् । उनै श्रेष्ठको लगानीमा ठमेलस्थित होटल यात्रीमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको थियो । गत मंगलबार दिउँसो २ बजेदेखि सुरु भएको कार्यक्रम उद्घाटन गर्न एसएसपी वसन्त पन्त र सोह्रखुट्टेका डीएसपी गौतम मिश्र कार्यक्रमस्थल पुगेका थिए । होटल यात्रीका मालिक सागर पाण्डे ‘फेक रेस्क्यु’को विषयमा छानबिनमा परेका व्यक्ति हुन् । पाण्डे कुनै समय ट्रेकिङ व्यवसायीहरुको छाता संगठन टानका महासचिव समेत थिए ।

ठमेल क्षेत्रका प्रहरीलाई श्रेष्ठले दुरुपयोग गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरेको उच्च स्रोतको दाबी छ । सो कार्यक्रममा ठमेल विकास परिषद्लाई समेत श्रेष्ठले जानकारी गराएका थिएनन् । उनै श्रेष्ठ पूर्वअध्यक्ष रहेको संस्थालाई समेत थाहा नदिई ठमेलमा ट्राफिक सचेतनासम्बन्धी कार्यक्रम सम्पन्न गरेको बताइएको छ । श्रेष्ठकै योजनामा परिषदले सो क्षेत्रमा खटिएका ट्राफिक प्रहरीलाई रकम उपलब्ध हुने गरी श्याम श्रेष्ठ नाम गरेका व्यक्तिको रकम दिँदै आएको भौचर प्राप्त भएको छ ।

ट्राफिक प्रहरीले ठमेल पर्यटन विकास परिषद्बाट घरभाडाबापत रकम लिने समेत आरोप लागेको छ । परिषद्ले विगत लामो समयदेखि ट्राफिक प्रहरीको घरभाडा तिर्ने गरेको पाइएको छ । सो परिषद्ले मासिक १८ हजार रुपैयाँका दरले भाडा लिने गरेको भेटिएको हो । ठमेलस्थित श्याम श्रेष्ठको फ्ल्याटमा रहेका ट्राफिक प्रहरी बसेको भाडा भने परिषद्ले व्यहोर्दै आएको छ । प्राप्त कागजातअनुसार प्रतिमहिना १८ हजारका दरले ३ महिनामा ५४ हजार र कहिलेकाहीँ ५ महिनाको एकमुष्ट रुपमा ९० हजार रुपैयाँसम्म बुझाउने गरेको पाइएको छ ।

अहिले सो परिषद्को अध्यक्षमा समिर गुरुङ रहेका छन् । गुरुङ र श्रेष्ठकै योजनामा सो अवैध कार्य गरी परिषद्बाट रकम दिएको आरोप अन्य पदाधिकारीहरुले लगाएका छन् । अहिले परिषद्को कार्यालय रहेको घर विक्रम पाण्डे नाम गरेका व्यक्तिको नाममा रहेको छ । श्रेष्ठले आफू अध्यक्ष हुँदा चिनियाँ युवती जेनीसँग मिलेर ठमेलको नक्सा बनाएका थिए । उक्त नक्सामा लाखौँ रुपैयाँको विज्ञापन छपाएका थिए । तर श्रेष्ठले त्यस म्यापमा छापिएको विज्ञापनको हिसाबकिताब अहिलेसम्म परिषद्लाई दिएका छैनन् ।

यसरी ठमेलको हिसाबकिताब नदेखाएको बारेमा सम्पर्क गर्दा तेजेन्द्रनाथ श्रेष्ठले त्यसको हिसाबकिताब देखाउन नपर्ने बताए । उनले जेनी नाम गरेकी चिनियाँ केटीले उक्त नक्सा बनाएको र त्यसमा आफूले अध्यक्षको नाताले सन्देश राखेको पनि स्वीकारेका छन् । जेनीलाई नक्सा बनाउन र विज्ञापन उठाउन स्वीकृति दिएको प्रमाण दिन आग्रह गर्दा उनले उक्त प्रमाण आपूmसँग नभएको बताए । यसरी ट्राफिक प्रहरीको सहयोग र चिनियाँ नागरिकको सहयोगमा श्रेष्ठको ठगी धन्दाले तीव्रता पाएको भन्दै सो छानबिन गरी कारबाहीको माग राख्दै उजुरी दिनुपरेको उजुरीकर्ताको भनाइ रहेको छ ।

यो अध्ययन गर्न छुट्यो की ?


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!