टोकियोमा सडक दुर्घटना, पाँच जना घाइते

- May 21, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

टोकियो, जापानको राजधानी टोकियोमा मङ्गलबार बिहान पाँच वटा सवारीसाधन एकापसमा ठोक्किएर भएको दुर्घटनामा पाँच जना पैदलयात्रु घाइते भएका छन् ।

स्थानीय प्रहरीका अनुसार एउटा शंकास्पद मिनीट्रक रातोबत्तीको बेवास्ता गर्दै अघि बढेपछि उक्त दुर्घटना भएको थियो ।

मध्य टोकियोको शिमबासीमा उक्त ट्रकले तीन जना पैदलयात्रुलाई ठक्कर दिएपछि अरु चार वटा सवारीसाधनमाथि बज्रिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरुको अवस्था खतरामुक्त रहेको छ । उक्त ट्रकले विपरीत दिशाबाट आइरहेको पर्यटक बसलाई ठक्कर दिएपनि त्यस बसमा रहेका ४० जना स्कुले विद्यार्थीहरु सकुशल रहेका थिए । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!