विश्व स्वच्छ व्यवसायी संगठनको आह्वानमा नेपालमा

- May 10, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, विश्व स्वच्छ व्यवसायी संगठनको आह्वानमा नेपालमा पनि विश्व स्वच्छ व्यवसायी दिवस विभिन्न कार्यक्रम गरी मनाईदै आएको छ ।

स्वच्छ व्यवसायको पर्वद्धन र आमनागरिकलाई यसबारे जानकारी दिने उद्देश्यले नेपालमा पनि यो दिवस मनाउन थालिएको हो ।

‘फेयर ट्रेड इनोभेट्स’ भन्ने नाराका साथ वैशाख २८ गते शनिबार मनाइने यस दिवसको अवसरमा स्वच्छ व्यवसायी समूह नेपालले पोखरामा प्रभातफेरी गर्ने भएको छ ।

एक विज्ञप्ति जारी गर्दै समूहले पोखरामा प्रभातफेरी गर्ने जानकारी दिएको हो । बिहान ८ बजे पोखरास्थित मानव अधिकार चोकबाट सुरु हुने प्रभातफेरी सभागृहमा पुगेर एक कार्यक्रमका माझ समापन गर्ने योजना छ ।

कार्यक्रममा प्रदेश ४ का उद्योग, पर्यटन, वन वातावरण मन्त्री विकास लम्सालको पनि उपस्थिति बताईएको छ ।

 
स्वच्छ व्यवसायले रोजगारीको सिर्जना गर्नुका साथै निर्यात प्रवद्र्धन, निम्न वर्गीय उत्पादकहरुको आर्थिक एवं सामाजिक उत्थानमार्फत गरिबी न्युनिकरणमा सहयोग पुर्याउँदै आएको छ ।

आर्थिक रुपले पिछडिएका उत्पादकहरुलाई विश्व बजारमा पुर्याउन सहयोग गर्नुका साथै सम्बन्धित सबैमा पारदर्शी एवं जिम्मेवार, उचित ज्याला भुक्तानी, भेदभावरहित लैंगिक समानता, क्षमता अभिवृद्धिलगायतका सिद्धान्तमा स्वच्छ व्यवसायले विश्वास गर्ने समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!