February 23, 2025, 8:24 am
» पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र » PM Oli to mark 74th birthday with football match viewing » रौतहटमा अबैध सालको काठ सहित २ जना पक्राउ » बढ्दो मोटोपन दरविरुद्ध लड्न दक्षिण एसियाका देश एकजुट

प्रधानमन्त्री ओलीको आग्रह : डिजिटल माध्यमबाट शुभकामना दिनुहोस्, भेटमा खादा-माला प्रयोग नगर्नू

साउन २, २०८१ मा प्रकाशित | ९६०दर्शक तीव्रखबर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई तथा शुभकामना दिन चाहनेलाई डिजिटल माध्यमबाट दिन अनुरोध गरेका छन्। एमाले अध्यक्ष ओलीले आज बिहान सामाजिक सञ्जालमार्फत समयको पनि बचत हुने भएकाले प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना दिन आग्रह गरेका हुन्।

उनले आफ्ना शुभेच्छुकलाई सकेसम्म म्यासेञ्जरबाट सन्देश पठाउन अनुरोध गरे। प्रधानमन्त्री ओलीले भेटमा पनि खादा/माला प्रयोग नगर्न अनुरोध गरेका छन्।

‘विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन्, प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरूको समयको पनि बचत हुन्छ।’ प्रधानमन्त्री ओलीले भनेका छन्, शुभेच्छुक सबैलाई सकेसम्म म्यासेञ्जरबाट सन्देश पठाउन र भेटमा पनि खादा माला प्रयोग नगर्न अनुरोध गर्छु।’

एमाले र कांग्रेसको गठबन्धनबाट नयाँ सरकार बनेको हो। ओलीले गत शुक्रबार दाबी पेश गरेपछि आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। सोमबार शितलनिवासमा सपथ ग्रहण र सिंहदरबारमा पदभार ग्रहण गरेसँगै सिंहदरबार र बालुवाटारमा प्रधानमन्त्री र मन्त्रीलाई बधाई तथा शुभकामना दिनेको भीड बढेको छ।

प्रतिक्रिया