January 22, 2025, 9:53 am
» चितवनमा गैंडाको आक्रमणबाट मृत्यु » प्रचण्डले जति बोले पनि कोशिस गरे पनि सरकार नढल्ने : नेता थापा » बसमा छुट नपाउँदा एमाले विद्यार्थीको विरोध » डोनाल्ड ट्रम्पलाई रास्वपाको बधाई, अमेरिकी दूतावासमा बोधार्थ » बिमानमा बम भएको सन्देश पछि बंगलादेशमा जहाज उडान बन्द

अमेरिकाको पहिलो नेपाली बैंकको ब्रान्ड एम्बेस्डरमा सरिता लामिछाने

कार्तिक १३, २०८१ मा प्रकाशित | ८५०दर्शक तीव्रखबर

काठमाडौं,  । अभिनेत्री सरिता लामिछाने अमेरिकामा नेपालहरुले स्थापना गरेका एउटा बैंक बित्तिए संस्था) को ब्रान्ड एम्बेस्डरमा अनुबन्धित भएकी छिन् ।

नेपालीहरुले खोलेको अमेरिकाकै पहिलो नेपाली वित्तिय संस्था एभरेष्ट फेडेरल क्रेडिट युनियन (नेपाली बैंक)को ब्राण्ड एम्बेस्डरमा यी अभिनेत्री अनुबन्धित भएकी हुन् ।

बैंकको तेश्रो वार्षिक साधारण सभाबाट अभिनेत्री सरितालाई अनुबन्धित गरिएको सो बैंकको सञ्चालक समितिले जनाएको छ ।

संस्थापक अध्यक्ष मोहन ज्ञवाली रहेको एभरेष्ट फेडेरल क्रेडिट युनियनको प्रधान कार्यालय तीन वर्ष अघि अमेरिकाको न्युयोर्कमा स्थापना गरिएको थियो ।

बैंकका बर्तमान अध्यक्ष डा. मदन उप्रेतीले नेपाली चलचित्र तथा टेली चलचित्रमा लामो समयदेखि योगदान दिएको र यतिबेला अमेरिकामा रहेकाकारण पनि अभिनेत्री सरिता लामिछानेलाई यो नेपाली बैंकको ब्राण्ड एम्बेस्डरमा नियुक्त गरिएको बताएका छन् ।

न्युयोर्क पछि टेक्सासमा शाखा खोलेर सेवा दिँदै आएको यो बैंकको नयाँ साखा यसै महिना ओहायो र भर्जिनियाँमा खुल्दैछ । यो नयाँ साखाको उद्घाटन सम्पन्न गरेर आफु अमेरिकाबाट नेपाल फर्कने अभिनेत्री लामिछानेले बताएकी छिन् ।

‘अमेरिकामा रहनु भएका नेपालीहरुले यहाँ नेपाली बैंक स्थापना गर्नु आफैंमा खुसीको कुरा हो । सो बैंकको ब्रान्ड एम्बेस्डरको जिम्मेवारी पाउँदा म झनै खुसी भएको छु ।’

सरिताले भनिन्,‘यो बैंकको प्रचार प्रसारमुलक विज्ञापनसहित प्रवर्धनको विभिन्न परियोजनामा म संलग्न रहने छु । मैले ब्रान्ड एम्बेस्डरको रुपमा निर्वाह गर्नुपर्ने भूमिकालाई जिम्मेवारीपूर्वक निभाउने छु ।’

यो बैंकका सिईओ बिराज रिजालले ब्रान्ड एम्बेस्डरमा अभिनेत्री सरिता लामिछाने नियुक्त भएकोमा लामिछानेलाई बधाई ज्ञापन गरेको छन् ।

लामिछानेको सहयोगले यो बैंकको प्रवर्धनसँगै बित्तिय कारोवार बृद्धिमा अझ धेरै सहयोग पुग्ने विश्वास उनले व्यक्त गरेका छन् । यो बैंकको अन्य राज्यहरुमा पनि शाखा खोल्ने तयारी भईरहेको पनि सिईओ रिजालले बताएका छन् ।

प्रतिक्रिया