January 15, 2025, 5:01 am
» समाजबादी मोर्चा ब्युँतिने, आज बैठक बस्दै » रबिलाइ आज पनि अदालत लगिने, छुटने वा नछुटने न्यायधिसको भरमा » लुम्बिनी प्रदेशमा आज सार्बजनिक बिदा » बेलायती लेखकमाथी ८ महिलाले लगाए यौन उत्पीडनको आरोप » अर्थसहित संघीय संसदका ४ समितिका बैठक बस्दै

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ

कार्तिक १३, २०८१ मा प्रकाशित | ९४०दर्शक तीव्रखबर

काठमाडौं,  : कर्तव्य ज्यान मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी भोजपुर साविक युँ गाविस-५ ठेगाना भएका गजेन्द्र वान्तवा राई पक्राउ परेका छन् ।

एनसिबि दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ मंगलबार नेपाल फिर्ता ल्याइएको छ ।

झापा मेचीनगर नगरपालिका-११ धाईजन बस्ने ४८ वर्षीया सर्मिला तामाङको हत्यामा संलग्न रही वारदात पश्चा त फरार रहेका सर्मिलाको श्रीमान् गजेन्द्र वान्तावालाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ असोज १ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।
उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि इलाका प्रहरी कार्यालय धुलावारी झापाबाट खटि आएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

प्रतिक्रिया