February 25, 2025, 6:24 pm
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

रास्वपाका ११ जना पक्राउ,शान्तिपूर्ण विरोध प्रदर्शन प्रहरीले बिथोल्यो: रास्वपा

कार्तिक १३, २०८१ मा प्रकाशित | ७६०दर्शक तीव्रखबर

काठमाडौं,  । काठमाडौंको बालुवाटारमा प्रदर्शन गर्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।

रास्वपाले आज बालुवाटारमा विरोध प्रदर्शन गर्ने कार्यक्रम राखेको थियो। बालुवाटार क्षेत्र प्रदर्शन गर्न नपाइने निषेधित क्षेत्र हो।

उक्त क्षेत्रमा प्रदर्शन गर्न पुगेका रास्वपा सांसद अशोककुमार चौधरीसहित कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

काठमाडौं जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, खुसीराम कैनी, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरी, ध्रुव ढकाल र सवि खड्का सहित ११ जना रास्वपाका नेता ,कायर्यकर्ता प्रहरीको नियन्त्रणमा रहेको रास्वपाले जनाएको छ।

प्रतिक्रिया