February 25, 2025, 6:23 pm
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

आज मन्त्रिपरिषद्को बैठक बस्दै

कार्तिक १३, २०८१ मा प्रकाशित | ७७०दर्शक तीव्रखबर

काठमाडौं,  । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।

सोमबार बस्नुपर्ने बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्थताको कारण आजका लागि सारिएको थियो ।

बैठक साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।

मंगलबार बस्ने बैठकमा डेडिकेट र ट्रकलाइन विद्युत् महसुल र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे निर्णय गर्न सक्ने स्रोतले जनाएको छ ।

प्राधिकरणका निर्देशक घिसिङले डेडिकेटेट टंक लाइनको महसुल नतिर्ने ३४ उद्योगको विद्युत् लाइन काटिदिएका थिए । घिसिङको उक्त निर्णयबाट सरकार फायर बनेको छ ।

आजको बैठकले कुलमानलाई प्राधिकरणबाट मन्त्रालयमा तान्न सक्ने स्रोतको भनाइ छ ।

कुलमानलाई प्राधिकरणबाट हटाउन सत्तारुढ दल नेपाली कांग्रेसले पनि सहमति दिएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया