February 25, 2025, 7:32 am
» शिक्षा मन्त्रालयको छात्रवृत्तिका लागि आवेदन दिनेको कमी, प्रधानमन्त्री ओलीको छिटो आवेदन दिन आह्वान » भाषाविद् चूडामणि गौतमको निधन » प्रकाशमानले भने- गुट–उपगुटले कांग्रेस कमजोर भयो » राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ बजारबाट तान्दै » माओवादीको अभियान छाढेर हिँडे नारायणकाजी, बोल्न नदिएको गुनासो

तिहार बिदामा पनि सर्वोच्च अदालत खुला रहने

कार्तिक १२, २०८१ मा प्रकाशित | ६८०दर्शक तीव्रखबर

काठमाडौं : तिहार बिदामा पनि सर्वोच्च अदालत खुला रहने भएको छ। बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्न सर्वोच्च अदालत तिहार बिदामा खुला रहने भएको हो।

सर्वोच्च अदालत प्रशासनले आज एक सूचना जारी गर्दै कार्त्तिक १५ देखि १९ गतेसम्म (तिहार बिदा) अदालत बन्द रहने भएपनि बन्दीप्रत्यक्षीकरणको रिटमाथि  सुनुवाइ हुने जानकारी गराएको हो।

‘कार्त्तिक १५ देखि १९ गतेसम्म अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने भाइटीका र शनिबारको दिन बाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहनेछ,’सूचनामा भनिएको छ।

यसअघि दशैं बिदामा पनि सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ भएको थियो।

प्रतिक्रिया