February 25, 2025, 6:05 pm
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

कांग्रेसको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत

कार्तिक १२, २०८१ मा प्रकाशित | ५३०दर्शक तीव्रखबर

काठमाडौँ, : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत गर्नुभएको छ ।

उहाँले पार्टीका केन्द्रीय सदस्य डा गोपाल दहित प्रमुख रहनुभएको उक्त विभागमा विधानको व्यवस्थाबमोजिम आज सदस्य मनोनयन गर्नुभएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

विभागमा रामनारायण कठरिया महतो, रामदत्त जोशी (लेकुडा), हेमलाल पाण्डे, दीपकराज तिमिल्सिना, ठाकुरप्रसाद भुसाल, श्यामकुमार बुढा, उपेन्द्रराज सिग्देल, श्रवणराज मैनाली, सीतादेवी सापकोटा (फुयाल) र प्रह्लादकुमार कामतलाई मनोनीत गरिएको हो ।

प्रतिक्रिया