January 15, 2025, 6:17 am
» Chandragiri municipality operates multi-technical school » यस्तो छ तरकारी र फलफूलको आजको मूल्य » बाँकेमा चिसो बढेपछि जनजीवन प्रभावित » सीवाइसी नेपाल लघुवित्तको स्थगित साधारण सभा अब माघ १२ गते बस्ने » बन्दुकसहित प्रहरीका पूर्वअसई पक्राउ

बझाङमा जीप दुर्घटना, चार जना घाइते

कार्तिक १२, २०८१ मा प्रकाशित | ५००दर्शक तीव्रखबर

चैनपुर (बझाङ),  : बझाङमा जीप दुर्घटना हुँदा चारजना घाइते भएका छन् ।

तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको बा१८च ५१४९ नम्बरको जीप भोपूरमा दुर्घटना भएको हो ।

सात जना यात्रु चढेको उक्त जीप तीव्र गतीका कारण सडकमै पल्टिएको हो ।

दुर्घटनामा घाइते हुनेहरुमा जीपका चालक तलकोट गाउँपालिका–१ का ५६ वर्षीय बीरबहादुर बम, सोही ठाउँकी ४५ वर्षीया धनलक्ष्मी बम, जयपृथ्वी नगरपालिका–११ का १७ वर्षीय शङ्कर धामी र सोही ठाउँका २५ वर्षीया विद्या बोहोरा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिनुभयो ।

घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया