February 25, 2025, 5:55 pm
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

एमालेले स्पष्टिकरण सोधेपछि भीम रावलले भने – पार्टीभित्र देखिएको तानाशाही प्रवृत्तिको प्रतिवाद गरौं

कार्तिक १२, २०८१ मा प्रकाशित | ५२०दर्शक तीव्रखबर

काठमाडौं : नेकपा एमाले नेता भीम रावलले पार्टीभित्र देखिएको तानाशाही शैलीको प्रतिवाद गर्न आग्रह गरेका छन्। पार्टीले सुदूरपश्चिम प्रदेश कमिटी,अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई स्पष्टिकरण सोधेपछि नेता रावलले यसको प्रतिवादमा उत्रिन आह्वान गरेका हुन्।

तानाशाही शैलीमा जिल्ला कमिटीका सदस्यहरूलाई स्पष्टिकरण सोध्ने र धम्क्याउने लगत कार्य गरेको बताउँदै उनले यसको विरोधमा उत्रिन आग्रह गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एमालेको जबज,परम्परा र संवैधानिक हक विपरीत कुनै बैठक र छलफल बिना पदको दुरूपयोग गर्दै सुप प्रदेश कमिटी,अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई तानाशाही शैलीमा स्पष्टिकरण सोध्ने र धम्क्याउने गलत कार्यको सबै न्यायप्रेमी, इमानदार र सिद्धान्तनिष्ट व्यक्तिहरूले विरोध र प्रतिवाद गरौं।’

प्रतिक्रिया