February 25, 2025, 5:52 pm
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

सरकारले जनतामा आशा जगाउन सकेन : हृदयश त्रिपाठी

कार्तिक १२, २०८१ मा प्रकाशित | ६००दर्शक तीव्रखबर

काठमाडौं,  ।  पूर्वमन्त्री हृदयश त्रिपाठीले सरकारले जनअपेक्षा अनुसार काम नसकेको बताउनु भएको छ। संसदका सबैभन्दा ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनाएको शक्तिशाली सरकार पनि डेलिभरी दिने कुरामा चुकेको बताउनु भयो ।

यद्यपी अहिले पूर्ण रुपमा सफल भयो या असफल के भयो ? भन्ने बेला आइनसकेको बताउँदै उहाँले आम सर्वसाधरणले आशा गर्ने खालका कामहरुको थालनी नदेखिएको तर्क गर्नुभयो ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहससँग कुराकानी गर्दै जनता प्रगतीशिल पार्टी नेपालका अध्यक्ष समेत रहनु भएका नेता त्रिपाठीले पहिलो सय दिनमा जनतामा आशाको सञ्चार हुने गरी कामहरु गर्नुपर्ने बताउनु भयो ।

फरक प्रसङ्गमा पूर्वमन्त्री त्रिपाठीले सरकार र विद्युत् प्राधिकरणबिचको विवाद पुरानै रहेकोले हरेक पटक सरकार परिवर्तन हुनासाथ यो विषय उठान हुने गरेको बताउनु भयो। सरकारसँग व्यवसायीहरुले यसअघी गरेका सहमतीअनुसार महसुल भुत्तानी गर्नुपर्ने उहाँको धारणा थियो ।

प्रतिक्रिया