February 25, 2025, 5:51 pm
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

जनताका समस्या समाधान गर्न सरकार नयाँ ढंगले काम गरिरहेको छ : उपप्रधानमन्त्री सिंह

कार्तिक १२, २०८१ मा प्रकाशित | ६३०दर्शक तीव्रखबर

चितवन : उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि वर्तमान सरकार बनेको बताएका छन्। नेपाली कांग्रेस चितवनले आयोजना गरेको दिपावली विशेष कार्यक्रममा राजनीतिक स्थिरता र स्थायित्व दिएर जनताको पिरमर्कालाई चाँडो सम्बोधन गर्नेतर्फ अहिलेको सरकार लागिपरेको बताए ।

सरकार लामो समयसम्म टिकाउनका लागि पनि वर्तमान सत्तासमीकरण बनेको उनको भनाइ छ। मन्त्री सिंहले कांग्रेसलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिए । ‘पार्टीभन्दा पनि व्यक्ति र समूहलाई महत्व दिँदा हामी गन्तव्यमा पुग्न सक्दैनौं । पार्टीभित्रको चुनौती भनेको व्यवस्थापन कार्य नै हो,’उपप्रधानमन्त्री सिंहले भने ।

नेपाली कांग्रेसको नेतृत्वबाट जारी संघीय लोकतान्त्रिक समावेशी संविधानको भावना र मर्मअनुसार त्यसलाई अक्षरशः पालना गर्नुपर्ने बताए।

प्रतिक्रिया