February 25, 2025, 6:35 pm
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

मेरा लागि पदभन्दा ठूलो निष्ठा, आदर्श र नैतिकता हो : राष्ट्रपति

कार्तिक १२, २०८१ मा प्रकाशित | ५००दर्शक तीव्रखबर

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले निष्ठा, आदर्श र नैतिकतालाई जोगाउँदै लोकतन्त्र, संविधानको संरक्षण गर्ने मुलुकले दिएको जिम्मेवारी पूरा गर्न लाग्ने बताएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आइतबार आत्रेय गोत्रीय पौडेल कुल पूजा समितिले गरेको अभिनन्दनपछि राष्ट्रपति पौडेलले उक्त कुरा बताएका हुन् । उनलार्ई कुल वंशीय ज्येष्ठ सदस्य दाजु पुन्यप्रसाद पौडेलले अभिनन्दन पत्रले सम्मान गरे ।

उनले पदभन्दा निष्ठा, आदर्श र नैतिकतालाई सधैं ठूलो ठानेको र आफ्नो राजनीतिक जीवनमा प्रश्न उठ्ने कुनै पनि काम नगरेको स्पष्ट पार्दै यसैलाई अक्षुण्ण राख्न सकियोस् भन्नेमा दृढ रहेको पनि सुनाए ।

राष्ट्रपति पौडेलले भने, ‘मलाई पदभन्दा पनि ठूलो निष्ठा आर्दश र नैतिकता लाग्छ । लामो राजनीतिक जीवनकालमा कुलको इज्जत जोगाएर राखेको छु । खोट लगाउने कुनै काम गरेको छैन र गर्ने पनि छैन ।’

राष्ट्रपति पौडेलले मुलुक संकटमा परेको समयमा लोकतन्त्र र संविधानको संरक्षण राष्ट्रिय एकताको प्रबद्र्धन र राष्ट्रहितमा सधैं काम गरिरहने प्रतिद्धता पनि व्यक्त गरे ।

प्रतिक्रिया