January 10, 2025, 3:35 pm
» सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्धार » प्रधानमन्त्री शीतल निवास जानुअघि विपक्षी दलका नेताहरुको छलफल » बन्धक जायदना ‘हमासको कैदमा मारिएको’ इजरायली सेनाद्वारा जानकारी » रवि आइतबार मात्रै काठमाडौं अदालतमा उपस्थित हुने » ‘लागुऔषध, आत्महत्या र सडक दुर्घटना न्यूनीकरणमा सबै लागौँ’ : गृहमन्त्री लेखक

पूर्वी युक्रेनमा नयाँ अग्रगति हासिल गरेको रुसी सेनाको दाबी

कार्तिक १२, २०८१ मा प्रकाशित | ४६०दर्शक तीव्रखबर

रुसले आइतबार आफ्नो सेनाले पूर्वी युक्रेनमा थप अग्रगति हासिल गरेको र एक महत्त्वपूर्ण युक्रेनी–नियन्त्रित औद्योगिक केन्द्रबाट केही किलोमिटर उत्तरमा रहेको सीमावर्ती गाउँ कब्जा गरेको बताएको छ ।थकित र कम सैनिक भएका युक्रेनी सेनाविरुद्ध आफ्नो फाइदा प्रयोग गर्दै मस्कोले महिनौँदेखि युद्धभूमिमा निरन्तर सफलता हासिल गरिरहेको छ,।

“रुसी सेनाका एकाइहरूले इज्माइलोभ्का बस्तीलाई मुक्त गरेका छन्”, रुसी रक्षा मन्त्रालयले दैनिक ब्रिफिङमा भनेको छ ।

द्वन्द्व सुरु हुनुअघि इज्माइलिभ्कामा दुई सयभन्दा कम जनसङ्ख्या थियो । यो महत्त्वपूर्ण औद्योगिक केन्द्र कुराखोभेबाट आठ किलोमिटर उत्तरमा र कुराखिभ्काको केही किलोमिटर उत्तरमा अवस्थित छ । यहाँ मस्कोले घेराबन्दी गर्ने प्रयास गरिरहेको छ ।

रुसले सीमा नजिकसमेत गरी आफ्ना विभिन्न क्षेत्रमाथि ५१ वटा युक्रेनी ड्रोन खसालेको दाबी गरेको केही घन्टापछि यो घोषणा आएको हो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार पश्चिमले युक्रेनलाई उहाँको भूमिमाथि लामो दूरीका हतियारहरू प्रयोग गर्न दिए भने मस्कोले ‘जवाफ’ चेतावनी दिनुभयो ।

“अहिले नै भन्न धेरै छिटो हुन्छ तर निश्चय नै हाम्रो सैन्य विभागले यसबारे सोचिरहेको छ र विभिन्न प्रतिक्रियाहरू प्रस्ताव गर्नेछ”, उहाँले सरकारी टेलिभिजनका एक पत्रकारलाई आइतबार प्रसारित टिप्पणीमा भन्नुभयो ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले महिनौँदेखि आफ्ना पश्चिमी सहयोगीहरूसँग रुसी भूमिभित्र गहिरो क्षेत्रमा लक्षित गर्न लामो दूरीका क्षेप्यास्त्रहरू प्रयोग गर्न अनुमति मागिरहनुभएको छ । उहाँले यस कदमले मस्कोलाई शान्ति खोज्न ‘प्रेरित’ गर्ने तर्क गर्नुभएको छ ।

संयुक्त राज्य अमेरिका र बेलायतले गत महिना यस विषयमा निर्णय आसन्न रहेको सङ्केत गरेका थिए तर पछि पुटिनले नाटोलाई मस्कोसँग ‘युद्धमा’ पार्ने जोखिम रहेको चेतावनी दिनुभएपछि यो कदम स्थगित गरेका थिए ।

पुटिनले आइतबार पश्चिमले त्यो चेतावनी सुनेको आशा व्यक्त गर्नुभयो । “उनीहरूले मलाई यसबारे केही भनेनन् तर मलाई आशा छ उनीहरूले सुने”, पुटिनले भन्नुभयो ।

 


प्रतिक्रिया