September 8, 2024, 3:25 am
» दश जोडीको दाइजोमुक्त सामूहिक विवाह » पाँचथर बम विस्फोट : घाइतेको उपचारको जिम्मा लियो सरकारले » डेंगु संक्रमणबाट झापामा एक बालकको मृत्यु » सुत्केरी मृत्यु प्रकरण: दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतपूर्ति दिने सहमतिपछि शव पोष्टमार्टमका लागि पठाईयो » गणेश चतुर्थी पर्व मनाइँदै

नेप्से परिसूचक २३ सय विन्दुमाथि, ९ अर्ब बढीको कारोबार

साउन १, २०८१ मा प्रकाशित | ६३०दर्शक तीव्रखबर

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ७०.१८ अंकले बढेर २३१०.५९ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स ३.१० प्रतिशतले बढेर ४०९.५१ बिन्दुमा पुगेको छ।

सोमबार पदभार ग्रहणपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सेयर बजार अर्थतन्त्रको ऐना भएको र यसलाई सन्तुलित ढंगले अगाडि लैजाने बताएपछि लगानीकर्ताहरू उत्साहित  देखिएका हुन्। उसो त पौडेल लगानीकर्ताले रुचाएका अर्थमन्त्री हुन्। विगतमा उनी अर्थमन्त्री हुँदा सेयर बजारले नयाँ उचाइ चुमेको रेकर्ड पनि छ।

यसदिन ३१५ स्क्रिप्सको २ करोड  ५८ लाख ३६ हजार २८५ कित्ता सेयर ९ अर्ब १३ करोड  ८६ लाख २९ हजार ६४२ रुपैयाँमा खरिदबिक्री भए। उच्च अंकले बढेको सेयर बजारमा ६ वटा कम्पनीको सेयर  सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

सिन्धु् विकास बैंक,बरुण हाइड्रोपावर,ग्रीन डेभलपमेन्ट,आँखु खोला जलविद्यु्त,मन्दाकिनी हाइड्रोपावर र सिक्लेस हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो। आधार दर्जन कम्पनीको सेयर १० प्रतिशतले बढ्दा तीनवटा कम्पनीका लगानीकर्ताले भने गुमाए।

 १०.५ प्रतिशत नेपाल इन्भेस्टमेन्ट डिवेन्चर २०८२ ,एनआईबीएल ग्रोथ र ११ प्रतिशत एलबीबीएल डिवेन्चर २०८९ का लगानीकर्ताहरूले गुमाएका हुन्। कारोबार रकमका आधारमा यसदिन नगदी ग्रुप शीर्षस्थानमा रह्यो। सो कम्पनीको २१  करोड मूल्य बढीको सेयर कारोबार भयो।

एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको १८ करोड,अपी पावर र जानकी फाइनान्सको १७/१७ करोड मूल्यको सेयर कारोबार भयो। यसैगरी अरुण भ्याली हाइड्रोपावरको १६ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

आज म्युचुअल फण्डबाहेक अन्य समूहको उपसूचक सकारात्मक देखिएका छन्। यसदिन हाइड्रोपावर समूहको उपसूचक सर्वाधिक ५.४५ प्रतिशतले बढ्यो। यसैगरी डेभलपमेन्टको ४.९४,होटल्स एन्ड टुरिजमको ३.६३ र इन्भेस्टमेन्ट समूहको सूचक ३.०६ प्रतिशतले बढ्यो।

कारोबारमा आएका २३४ स्टकको मूल्य बढ्दा ८ वटाको घट्यो।

प्रतिक्रिया