January 22, 2025, 9:49 am
» चितवनमा गैंडाको आक्रमणबाट मृत्यु » प्रचण्डले जति बोले पनि कोशिस गरे पनि सरकार नढल्ने : नेता थापा » बसमा छुट नपाउँदा एमाले विद्यार्थीको विरोध » डोनाल्ड ट्रम्पलाई रास्वपाको बधाई, अमेरिकी दूतावासमा बोधार्थ » बिमानमा बम भएको सन्देश पछि बंगलादेशमा जहाज उडान बन्द

३० लाखमा मञ्जुश्री पार्क बनाउने लाइन्स डिष्टिक ३२५के को निर्णय

कार्तिक १०, २०८१ मा प्रकाशित | २१६०दर्शक तीव्रखबर

कास्की । शनिबार लाइन्स क्लव डिष्टिक ३२५के को एतिहासिक दोस्रो क्याबिनेट मिटिङ सम्पन्न भएको छ ।
अन्तराष्ट्रिय डाइरेक्टर बालकृष्ण बुर्लाकोटीको प्रमुख अतिथ्यतामा पोखरामा भएको उक्त क्याबिनेट मिटिङबाट मन्जुश्री पार्क बनाउने कुरा सबै लाइन लिडरहरुले आफुले सक्ने सहयोग गर्ने भन्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सो कार्यक्रममा क्षेत्रिय अध्यक्ष राजकुमार बस्नेतबाट प्रतिबेदने पेस गरीएको थियो । त्यसैगरि अन्य स्थानका क्षेत्रिय अध्यक्षहरुले समेत प्रतिबेदन बुझाएका थिए । सोको आधारमा क्याबिनेट मिटिङ सुरु भई भब्यताका साथ सम्पन्न भएको थियो ।

लाइन्स मेम्बरहरुले आफ्नो हातबाट सहयोग गरेर पार्क निर्माणमा योगदान गरी रेकर्डमा जाने बिषयमा सहयोग गर्ने भएका हुन् । कम्तिमा ३० लाखको हाराहारीमा पार्क बनाउन अनुमानित रकम सहयोग गर्ने सहमती भएको छ । अर्काे कार्यक्रममा रकम संकलन हुनेछ काभ्रेमा राहत बितरण तिहार पछी गरीने पनि सोही कार्यक्रममा निर्णय भएको बताइएको छ ।

प्रतिक्रिया